साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाषा दिवसलाई निम्ता

Nepal Telecom ad

राष्ट्र भाषा राष्ट्रिय भाषा
क्षत्रिय भाषा मातृ भाषा
भाषा भाषाको यो भासमा
कता गयो खोइ मेरो भाषा ?

व्याकर्ण अब कर्णको बिहे
तल थोप्ली व लृरी लृरी थिए
तीन धर्के ण कता हरायो ?
फ को फुर्को थियो बिलायो ?
र को गाँठो पनि फुके छ
झ नामधारी अर्को झरेछ
ड को तल पनि थोप्लो हुन्थ्यो
दुख लेख्दा दुई थोप्लो पथ्र्यो ।

जस्तो पढ्दथे हो कि पढ्थे ?
अक्षर उस्तै दुरुस्तै लेख्थे
र लाई जोड्दा अर्कै हुन्थ्यो
चन्द्रबिन्दु र थोप्लो छुट्टिन्थ्यो
अबता पढ्ने र लेख्ने अक्षर
बेग्ला बेग्लै सप्पै साक्षर
जसले लेख्दछ उही बुझ्छ
अर्को पढ्ने ठुस ठुस कन्छ
उ पनि अर्कै छ नौ लेख्छ
मान्छे पिच्छे लिपि भेट्छ ।

अङ्कको त्यस्तै कन्तबिजोग छ
नौ को अङ्क नौथरी हुन्छ !
कहिले शिर्षासनमा सात !
कहिले ढल्ला ढल्ला समात !
पाँचको पुच्छर को हो काट्ने ?
छ अङ्कको अक्षर साट्ने ?

मजदुर नारी बाल दिवस छन्
हात धुने र पानी दिवस झन्
दिवसै दिवसको एक दिवसमा
भाषा दिवस डाक्न भुलेछन्

एउटा देशको साझा भाषा
सबले पढ्ने लेख्ने भाषा
राष्ट्रिय भाषा दिवस मनाउँ !
कि यो माग्न टायर जलाउँ ?
कि नेतालाई दोष लगाउँ ?
कि संविधान पहिले बनाउँ ?
टायर बाल्न कसलाई लगाउँ ?
भाषासास्त्रीलाई अघि पठाउँ ?
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x