साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पञ्चम रुपा पत्नी नारी

Nepal Telecom ad

नम : नम : माता नारी, सृष्टि स्वरुपा ब्रह्मकुमारी
दिदी बहिनी छोरी नारी, चार रुप यी कल्याणकारी
सृष्टि यिनकै नित्य पुजारी, यिनकै दृष्टि सृष्टि शृङगारी
चरण पूजनकी अधिकारी, जय जय यी चार रुपा नारी ।

पञ्चम रुपा पत्नी स्वरूपा, शुरुमा रूपा पछि कुरूपा
जीवन बन्धन गाँठो पारी, टेन्सनदायी लुतो स्वरूपा
म एक्का ऊ तुरुप स्वरूपा, म खाले ऊ च्याँखे पक्का
म मुद्दा ऊ वकिल स्वरूपा, म ड्राईबर ऊ ट्राफिक रुपा ।

पञ्चम रूपा पत्नी नारी, धन सामथ्र्य कब्जाकारी
मातापिता सब साथी छाडी, दुई जनामा पनि भिडकारी
म अधिकारी ऊ अख्तियारी, म देवता छु ऊ छ पुजारी
जे जे चढायो टन्न डकारी, फुके ढले देवता डम्म पुजारी ।

डाडु पन्यु दुई हातमा धारी, मुखमा भाला खुँडा तयारी
कसरी भन्यौ कृष्ण ‘राधा पियारी’ ? पलपल पत्नी आपतकारी
कृष्ण कुमारै राधा कुमारी, अनि पो राधा सधैं ‘पियारी’
न म कुमार अब, न ऊ कुमारी, न म प्यारा न ऊ ‘पियारी’ ।

फुक फुक मुरली बंशी धारी, बिहे गर्या भए पाल्थ्यौ दाह्री
पत्नी मालिक पति भिखारी, क्रिम पाउडर मै खर्च छ भारी
पहिले हलुका पछिपछि भारी, जति धेर चाउरी उति धेर साह्री
नयाँ नयाँ चिन्ता आविष्कारी, पञ्चम रुपा पत्नी नारी ।

ऐना ऐना ऐनै ऐना, साना मझ्यौला ठुलो भारी ऐना
थरिथरि किनी थुपारी ऐना, ऐना बिना ठाउँ कतै काँही छैन
झोला झोली थैला थैली, हेर्यो ऐना पाली पाली
थोत्रो रुप जुन ऐना देखाउँछ,फालिहाली त्यसलाई नयाँ किनी हाली ।

यसो गर्या भए उसो हुने थियो, उसै गर्यो भने त्यसै ठिकै थियो
जसो गरे पनि अपजसकारी, कुतर्कको भारी भकारी
म रङ्गको पोका ऊ पिचकारी, म इन्टर ऊ सिफ्ट छ खाली
म दाह्री ऊ छुरा तयारी, पञ्चम रुपा पत्नी नारी ।

इन्जिन बिनाको ठुलो ट्रक ऊ, कति हिँड्नु यो भारी घिसारी ?
न यो वारि न यो पारि, सधैं धरमर अलमलकारी
म नुन तेल ताप्के ऊ तरकारी, म हुन्छहुन्छ ऊ नाइँनाइँकारी,
कैलाशमा छन् शिवजी नाङ्गै, हेर हेर पार्वती चोलो साडी !

यौटा रथमा दुइटा सवारी, पूर्व र पश्चिम जान तयारी
कता अगाडि कता पछाडि ? जता बढे पनि टेन्सनकारी
दिक्क बनाई आँसु खसाली, युद्धमा उसकै जीत छ भारी
म बेलुन ऊ सियो तिखारी, म पंक्षी ऊ पंक्षी–सिकारी ।

यज यज पञ्चम रुपा नारी, मन मन पञ्चम रुपा नारी !
यज यज पन्चम रुपा नारी, मन मन पञ्चम रुपा नारी !
बत्तीसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x