साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिवर्तनका लागि वैरागीका कविता

Nepal Telecom ad

काठमाडौँ, ८ मङ्सिर । युवा प्रगतिवादी कवि वैरागी जेठाको एकल कविता वाचन कार्यक्रम आज यहाँ सम्पन्न भयो ।
कवि जेठाकी धर्मपत्नी रीता अधिकारीको ३८ औँ जन्मोत्सवका अवसरमा नागार्जुन साहित्यिक प्रतिष्ठान र आकृति प्रकृति प्रकाशनको आयोजनामा भएको सो कार्यक्रममा कवि जेठाको कवितासङ्ग्रह ‘घुर्ची’का केही कविता र अन्य गरी १६ कविता प्रस्तुत गरिएको थियो ।

‘बद्रीफूल’ (सहाना प्रधान), ‘ज्युँदा लासहरु उठ’, ‘पिपेमेलिनो’, ‘फूलमायाका कहानीहरू’, ‘शिव, सारङ्गी र वैरागी’, ‘आमा’, ‘बल्छ मुटु’, ‘माहुतेहरू’लगायत अधिकांश कविताले वर्गीय युद्ध र नेपाली क्रान्तिलाई अझ अगाडि बढाउनुपर्ने आह्वान गरेका थिए । कवि जेठालाई रत्ननिधि रेग्मी शुक्राचार्य, श्याम रिमाल, रसुवाली कवि, टहल नवकिरण, प्रकाश सिलवाल लगायतले कवितावाचन गर्न सहयोग गर्नुभएको थियो ।

युद्धप्रसाद मिश्र र मदन भण्डारीका सहकर्मी कवि जगन्नाथ आचार्यले कविलाई यसरी कवितात्मक शुभकामना दिनुभयो :
‘वैरागी जेठा श्रमका सितारा
साहित्यको सिर्जनाको पियारा
सुस्वास्थ्यको जीवन दीर्घ पाए
साहित्यको सङ्गतिमै रमाए’

सो अवसरमा वरिष्ठ कवि रमेश खकुरेलले शान्तिका लागि क्रान्ति चाहिन्छ भन्दै क्रान्ति वैचारिक रुपले पनि हुने बताउनुभयो । उहाँले नेपालका विभिन्न स्थानमा घुमेर कविता लेख्ने कवि जेठाबाट आफू प्रभावित भएको बताउँदै कविहरू शोषित पीडित तथा गरिबका पक्षमा उभिनुपर्नेमा जोड दिनुभयो ।

विश्वभाषा क्याम्पस, जर्मनेली भाषा विभाग प्रमुख डा म्यानफ्रेड ट्रोयले कवि जेठाले आफूलाई क्रान्तिकारी कविताको समुद्रमा डुबाएको बताउँदै यस्ता कविता लेख्न विशेष शक्ति चाहिन्छ भन्नुभयो । ‘क्रान्तिको उद्देश्य सामाजिक परिवर्तनका लागि हुनुपर्छ ।’ केही वर्षअघि नुवाकोटको तादी किनारमा जेठासँग साहित्यिक रात बिताएको स्मरणका साथ डा ट्रोयले भन्नुभयो ।

कार्यक्रमका प्रायोजक वैद्य गणेशबहादुर राउतले प्राकृतिक चिकित्सामा भर पर्न सबैलाई आग्रह गर्नुभयो । युरासिया रेयुकाइ २५ औँ शाखाका उपनिर्देशक नरेश मल्ल र जनार्दन शर्मा अधिकारीले जेठा मिहिनेती र गतिशील स्रष्टा भएको बताउनुभयो ।
रासस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x