साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मास्क

Nepal Telecom ad

धेरै दिनपछि मैले झोला खोलेको,
झट्ट सुनेँ झोलाभित्र को को बोलेको ।
घरबाट ल्याएको मास्क पो रहेछ्,
क्वाँ क्वाँ गर्दै रोईरहेको ।
सुँक्क सुँक्क गर्दै के के भन्दै गरे,
ककस्लाई हो कुन्नी सरापी रहेको ?

मैले सोधे–
ए प्यारो मास्क ! किन रोई कराई रहेको ?
झन ठुलो कोहोलो स्वर गरेर मास्क कराउन थाल्यो–
“ए मानवतावादी भनिने मान्छे !
के तिमी साँच्चिनै मानवतावादी हौ ?
तिमीले मलाई गर्नु नगर्नु गर्यौ,
अत्याचारको पहिरोले मलाई पुर्यौ,
गुन्द्रुकलाई जस्तै मलाई झोलामा कोच्यौ,
उकुस मुकुस पारेर मार्न लाग्यौ
मेरो रहरको शहरमा भुइँचालो ल्यायौ
मेरो जीवन बस्ती भताभुङ्ग पार्यौ
मेरो ईच्छा आकाङ्क्षा र सपनलाई,
चिसो बरफले ढाकी दियौ,
मेरो ईज्ज्त फाली दियौ,
त्यति धेरै मास्क बिक्रि हुने ठाउँको म
नाक मुखमा मलाई लगाउनै पर्ने देशको मास्क म,
के मेरा आफ्ना साथीहरू छैनन् ?
के मैले आफ्नो अनुभव सुनाउनु पर्दैन ?
के मैले बेलायततिर बरालिँदा र पतालको देश
अमेरिकाको किताब लेख्नु पर्दैन ?
यस्तो आमानवीय काम किन गरेको ?
यस्तो बैगुनी तिमी किन भएको ?”

मैले भनेँ– “हे मेरो सुन्दर माश्कजी !
चित्त नदुखाऊ न हो, चित्त न दुखाऊ !
यो ठाउँ काठमाडौँ नेपाल होइन
धुलो, मैलो, धुंवा, दुर्गन्धले भरिएको घैलाको देश पनि होइन
तिमीले भनेको जस्तो यहाँ केही पनि छैन्,
यो त बेलायत हो, यो त अमेरिका हो,
स्वदेश होइन विदेश हो,
यहाँ कतै पनि बुङ्ग उडेको धुलोमैलोको जुलुस छैन्,
हड्ताल, घेराउको टायर बालेको
कालो धुवाँको मुस्लोको अत्तोपत्तो छैन
ठुस्स गन्हाउने फोहरमैलाको डङ्गुरको महल छैन
थोत्रा गाडीबाट जबर्जस्त निस्केको
कालो मैलो धुवाँको अंश पनि छैन,
दुर्घटना गराउने साँगुरो कक्ची बाटो र कच्चा ड्राइभर छैनन्,
लोडसेडिङको नामो निसान छैन
पानीको हाहाकार छैन्,
हामीले फोहर फाल्ने ठाउहरू जस्ता त यहाँ पार्कहरू छन्
हरियो दुबोका चौरहरू र हरियालिले ढपक्क बलेका बस्तीहरू छन्
सृजनशील सबै हातहरू आफ्नै काममा ब्यस्त छन्,
गफमा भुलेर होइन काममा जुटेर रमाउँछन्,
छ दिन गोरु भएर जोतिन्छन्,
दुई दिन राजसी ठाँटमा बिदा मनाउँछन्
मोजमस्तीमा नै तिनीहरू जिउँछन्
तिमीलाई मेरो नाकमुखमा राखेर म कता जाउँ ?
नाकमुख छोपेर हिँड्यो भने आतङ्कवादी भन्ला भन्ने पिर छ,
नपत्याउने गरी यहाँ पनि गजबको भिर छ ।
त्यसैले ए मास्कजी !
चुपचाप तिमी लुकेर बस्,
काठ्माडौ पुगेपछि खुलेर हाँस ।
तिमीलाई मेरै नाकमुखमा बिराजमान गराउँला ।
तिम्रो इज्ज्त साबिकै ठाउँमा राखी दिउँला ।

हाल : एरिजोन, अमेरिका
नोवेम्बर २४, २०१४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
अराजक सहरमा

अराजक सहरमा

विवश पोखरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x