बद्रीप्रसाद दाहाल ‘भस्मासुर’विलापमा मेलमिलाप !
आयो मेलमिलापको तिथि सखे, बेमेल झन् फैलियो
धर्मै, जात र क्षेत्र थात–थरले, देशै यहाँ मैलियो ।
मात्रै घोर– अगस्तिका हुल बढी, नेपाल भो घायल
द्वन्द्वै द्वन्द्व बढाउँछन् मुलुकमा, नेता त नालायक ।।१।
अग्लो मेल बिमेल बन्दछ यहाँ, होचा बनी नायक
बन्नूहुन्न बिलाप देश जनता, हे सिर्जना गायक ।
बीपी दर्शन बिर्सने शठहरू, के राज गर्छौ यहाँ
अग्लो मेलमिलापको घर बनोस्, यै गर्दछौँ कामना ।।२।।
स्वार्थी– ब्रोकर– भिल्लका गण मिली, मोती मुगा छोपिए
हाम्रो मेलमिलापको अवनिमा, दुर्भाग्य नै रोपिए ।
लेख्छम् लेख्न त सत्य किन्तु अगुवा, अन्धा र वैरा भए ।
हाम्रो चेतन बज्र बन्छ कसरी ? क्यै ओखती छन् सखे ? ।।३।।
धादिङबेँसी
Subscribe
Login
0 Comments
Oldest








































