साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठूलीभेरीको तुइन र….

Nepal Telecom ad

बीरबहादुर अर्थात बीरे
कक्षा पाँचका सामान्य विद्यार्थी
हमेशा धावाधावामा बितिरहेछ
उसको बालापन
उसको आँगनमा बजाउँछन्
रुप्पीहरूले परेड
उसैको घरभित्र आउजाउ गर्छन्
सिठ्ठी फुक्दै गौंथलीहरू
करेसाको डिलैमा उभिएको
बकेनाको रुख पनि
अघ्घोरै रमाउँछ
हात हल्लाई हल्लाई
तर वीरेलाई एकैछिन फुर्सद छैन ।
एकाबिहानै, घामका खुट्टाले
उसको पिँढी टेक्न नपाउँदै
गएका थिए
काँधमा सिङ्गो ब्रह्माण्ड झैं
हलो बोकेका बाबुको पछिपछि
र बोकी आएका थिए
आफूभन्दा चारगुणा ठूलो
स्याउलाको भारी,
उसले नयाँ कुरा आविष्कार गरेको छ
भारी बोकेर ओरालो झर्नुभन्दा
उकालो चढ्नुनै जाती रहेछ,
हतार हतार निलेका थिए
आमाले पकाएको ढिंडो
सिस्नुको तिहुनमा चोबल्दै
र कुदेका थिए किताब च्यापेर,
किन कि उसले भुलेको छैन
अस्तिनै ढिला स्कुल पुगेवापत
टङ्क सरले दिएको
एक झापड पुरस्कार ।
तल ठूलीभेरी, तर्नु छ तुइनमा
कुर्नु छ पालो, पुग्नु छ बेलैमा स्कुल
उसले सुनेको छ
मुखियाका नातिको मुखबाट
सहरको चर्चा
कम्प्युटर र भिडियो गेमको बखान
र सम्झिंँदैछ
आज पनि बेलैमा स्कुलबाट फर्केर
मेला जानुपर्ने बाको उर्दी ।
स्कुल छुट्टी भइसक्यो
अहिले ऊ किताब च्यापेर
पेटभित्र भोकको आयतन बढाउँदै
तुइनमा तुर्लुङ्ग झुन्डिएर
तर्दैछ ठूलीभेरी
र नियाल्दैछ आकाशमा
उड्दै गरेको चिलगाडी
अनि अगाडिको
आफू उक्लिनुपर्ने
बाँदर लड्ने भीर हेर्दै
सम्झिँदैछ
अघिमात्र टङ्क सरले घोकाएको
महेन्द्रमालाको
हामी वीर नेपाली !!
जोरपाटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x