सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सोचेका छौ ?

Nepal Telecom ad

पौरख गर्नु जरुरी छ के के गर्छौ, सोचेका छौ ?
छुट्टी भिन्न हुने भयौ कता पर्छौ, सोचेका छौ ?

कान्छो रोज्ला बिच तला ठाइँलो बस्ला भुईंतला
बुइँगलबाट कसोगरी तल झर्छौ, सोचेका छौ ?

पारी जाने काठेसाँघु अर्को भाइले रोज्न सक्ला
खेती गर्न के कसरी पारि तर्छौ, सोचेका छौ ?

अवल दोएम बाँड्नु पर्ला सिम्सार तिम्रो हुने होला
कुन बारीमा कोदो गहत मकै छर्छौ, सोचेका छौ ?

कुहिएका निदाल, दलिन छानो जैले खस्न सक्छ
आपत बिपत पर्दा कस्को घरमा सर्छौ, सोचेका छौ ?

“भाइ फुटे गवाँर लुटे” बराजुले भन्ने गर्थे
बंशैलाई धावा बोले कति डर्छौ, सोचेका छौ ?

जन्म मृत्यु निश्चय छ, मस्की हो वा ठुस्की मर्ने
के के गरे इज्जतको मराइ मर्छौ, सोचेका छौ ?
२०७१ पौष
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
के नाप्छौ ?

के नाप्छौ ?

दुर्गाप्रसाद ग्वालटारे
पक्का हो

पक्का हो

दुर्गाप्रसाद ग्वालटारे
“यो डरायो” भन्नेसँग

“यो डरायो” भन्नेसँग

दुर्गाप्रसाद ग्वालटारे
आए जस्तो भयो 

आए जस्तो भयो 

दुर्गाप्रसाद ग्वालटारे
झरिदिए पुग्छ

झरिदिए पुग्छ

कान्छा तिवारी
तान्ने धेरै भए

तान्ने धेरै भए

मरुभूमि नारायण
के पीर भो र ?

के पीर भो र...

निलहरि काफ्ले
ढाल्न सक्छु

ढाल्न सक्छु

हृषीकेश बराल
भनेको भएन

भनेको भएन

मरुभूमि नारायण
पालेछ नि

पालेछ नि

डिल्लीप्रसाद अधिकारी