साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सोचेका छौ ?

Nepal Telecom ad

पौरख गर्नु जरुरी छ के के गर्छौ, सोचेका छौ ?
छुट्टी भिन्न हुने भयौ कता पर्छौ, सोचेका छौ ?

कान्छो रोज्ला बिच तला ठाइँलो बस्ला भुईंतला
बुइँगलबाट कसोगरी तल झर्छौ, सोचेका छौ ?

पारी जाने काठेसाँघु अर्को भाइले रोज्न सक्ला
खेती गर्न के कसरी पारि तर्छौ, सोचेका छौ ?

अवल दोएम बाँड्नु पर्ला सिम्सार तिम्रो हुने होला
कुन बारीमा कोदो गहत मकै छर्छौ, सोचेका छौ ?

कुहिएका निदाल, दलिन छानो जैले खस्न सक्छ
आपत बिपत पर्दा कस्को घरमा सर्छौ, सोचेका छौ ?

“भाइ फुटे गवाँर लुटे” बराजुले भन्ने गर्थे
बंशैलाई धावा बोले कति डर्छौ, सोचेका छौ ?

जन्म मृत्यु निश्चय छ, मस्की हो वा ठुस्की मर्ने
के के गरे इज्जतको मराइ मर्छौ, सोचेका छौ ?
२०७१ पौष
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x