साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार खत्तम गर्ने तरिका

Nepal Telecom ad

अमेरिका भ्रमणमा रहँदा प्रधानमन्त्री भट्टराईलाई एउटा अमेरिकी पत्रकारले फेला पारेछ । प्रश्न तेस्र्याइहाल्यो– नेपालमा तपार्इँ भ्रष्टाचार उन्मूलन गर्छु भन्नुहुन्छ । यो कसरी संभव छ ? भ्रष्ट मन्त्रीहरुलाई लिएर तपाईँ के गरी भ्रष्टाचार उन्मूलन गर्नु हुन्छ ? कुनै योजना छ ? कुनै कार्यक्रम छ ? त्यत्तिकै त भ्रष्टाचार उन्मूलन हुँदैन ।

नेपाली प्रधानमन्त्रीले दाँत देखाउँदै हाँसेर भन्नुभयो– “नेपालको पत्रकारले सोधेको भए अल्याङ् मल्याङ् गरेर टार्थें । तपाईं अमेरिकी पत्रकार पर्नु भयो । तपाईंलाई के ढाँट्नु ।

मैले भ्रष्टाचार हटाउन एउटा राम्रो जुक्ति सोचेर कार्यान्वयन पनि गर्दैछु । सरकारमा जति पनि भ्रष्टाचारी छन् सबैसित उनीहरूले उपर असुल गरेको रकमको पचहत्तरी प्रतिशत मैले लिदिएँ भने क्रमशः उनीहरू भ्रष्टाचार गरेर खासै फाइदा हुँदो रहेनछ भन्ने निष्कर्षमा पुग्छन् । मैले आफ्नो प्रतिशत जति जति बढाउँदै जान्छु उत्तिकै भ्रष्टाचार कम हुँदै जान्छ । म बनारसी खेलाडी पो हुँ त । मसँग पनि अनेक दाउ छन् । त्यो मेरो विजनेस टेक्निक हो । अहिले तपाईँलाई सबै नबताऊँ ।

तपाईँ हेर्नुहोला पत्रकार जी ! भ्रष्टाचार गर्नेले जति घूस खान्छ नि, एकदिन यस्तो आउला, उसले त्यो रकममा उल्टै आफ्नै घरबाट थपथाप गरी मलाई बुझाउनु प¥यो भने भ्रष्टाचार स्वतः खत्तम भै हाल्छ नि !

“रियल्ली ! हाउ जिनियस यू आर मिस्टर प्राइमिनिष्टर ।” भनेर सो अमेरिकी पत्रकारले हालसालै पुक्क भएको प्रधानमन्त्रीको गालमा म्वाइ खायो ।

पत्रकार हिंड्यो । प्रधानमन्त्रीले रुमालले गाला पुछेर रुमाल धुन दिनुभयो । पत्रकार चैं प्रेसतिर जानुभन्दा पहिले कुनै यौन रोग त सरेन भनी जँचाउन गएछ ।
बारा, हाल– थानकोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
0
Would love your thoughts, please comment.x
()
x