साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुझे हुन्छ

Nepal Telecom ad

कुकुरले हाड मन पराउँछ भन्छन्
मासु कसैले दिँदा रहेनछन्, बुझे हुन्छ
जे पायो त्यही मन परायो,
कुकुरले पिडौँलामै किन टोक्छ ? बुझे हुन्छ ।

मुसाले बिरालोलाई सामुन्नेमै जिस्क्यायो भने
नजिकै सानो दुलो रहेछ, बुझे हुन्छ
नेपालका नेताले भारत बिरोधी आन्दोलन चर्काउने ?
नाइकेले ज्याला लिई सकेछ, बुझे हुन्छ ।

उनी प्रसुतिगृहबाट निस्किइन्
कुमारी छैनन्, बुझे हुन्छ
नेताले भाषणमा आदर्श छाँट्यÞो होइन ?
कता चप्काइ सकेछ, बुझे हुन्छ ।

भ्रस्टाचारको आरोपमा ऊ समातियो
समात्नेलाइ भाग पुगेनछ, बुझे हुन्छ
ऊ समातिएको समाचार कतै छापिएन, होइन ?
उता पत्रकारले भ्याई सकेछ, बुझे हुन्छ ।

उसले मालदार अड्डामा जागिर पायो होइन ?
जागिर दिनेलाइ उसले मालामाल गरि सकेछ, बुझे हुन्छ
जागिर खुस्किएछ नि त उसको
किस्ता बुझाउन बिर्सिएछ, बुझे हुन्छ ।
बत्तिसपुतली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x