साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई र दुई जोड्दा कति हुन्छ ?

Nepal Telecom ad

दुई र दुई जोड्दा कति हुन्छ ?
प्याट्ट उत्तर आयो ‘चार हुन्छ’
किन र कसरी ?
‘बि पी ले भन्नु भएको थियो’
जसले उत्तर दियो– ऊ कांग्रेसी नेता थियो ।

दुई र दुई जोड्दा कति हुन्छ ?
प्याट्ट उत्तर आयो– ‘चार हुन्छ’
किन र कसरी ?
‘लेनिनले भन्नु भएको थियो’
जसले उत्तर दियो– ऊ कम्युनिस्ट नेता थियो ।

दुई र दुई जोड्दा कति हुन्छ ?
प्याट्ट उत्तर आयो– ‘चार हुन्छ’
किन र कसरी ?
‘श्री पाँचबाट त्यही हुकुम भएको थियो’
जसले उत्तर दियो– ऊ राजाबादी नेता थियो ।

दुई र दुई जोड्दा कति हुन्छ ?
प्याट्ट उत्तर आयो– ‘चार हुन्छ’
किन र कसरी ?
‘बाह्रबुंदे सहमतिमा हामीलाई बिदेशी राजदूतले त्यही भनेको थियो’
जसले उत्तर दियो– ऊ, क्यासबाट ड्यास हुँदै अहिले ग्यासबादी नेता थियो ।

दुई र दुई जोड्दा कति हुन्छ ?
प्याट्ट उत्तर आयो–
‘यो प्रश्न लिएर जनता समक्ष जानु पर्छ
जनताले सडकबाट जति भन्छन् दुई र दुई जोड्दा त्यत्ति नै हुनु पर्छ’
जसले उत्तर दियो– ऊ अल्पमतबादी नेता थियो ।

दुई र दुई जोड्दा कति हुन्छ ?
प्याट्ट उत्तर आयो–
‘यो प्रश्नको उत्तर खोज्न प्रक्रियामा जानुपर्छ
प्रक्रियामा जाँदा बहुमतले जति भन्छ दुई र दुई जोड्दा त्यत्तिनै हुनुपर्छ’
जसले उत्तर दियो– ऊ बहुमतबादी नेता थियो ।

दुई र दुई जोड्दा कति हुन्छ ?
प्याट्ट उत्तर आयो– ‘चार गिलास हुन्छ’
किन र कसरी ?
‘भट्टीवाल्नीले छ गिलाससम्म उधारो पत्याउने गरेकी छन्’
जसले उत्तर दियो– ऊ सबैवादी भई सकेर गिलासवादी नेता थियो ।
बत्तिसपुतली, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x