साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ बजेट

Nepal Telecom ad

महंगीले रोपेर
जनताको ढाड सेकाइएन
तोरी फुलेको देखाइएन
ग्वाँ पारी घुँडा टेकाइएन भने
के बजेट ल्याउनु
बजेट बजेट भनि
ओठ मुख मात्र सुकाउनु ।

करले घोपेर
व्यापारीको टाट पल्टाइएन
सिन्डीके लगाएर
दुई चार उद्योग घटाइएन
उद्योग धन्दा बन्द गराएर
रोजगारीको पेट कटाइएन भने
के को बजेट ल्याउनु
खाली बजेट बजेट भनि
नदुखेको टाउको मात्र दुखाउनु ।

विकासे बजेट फालेर
आफ्नो गाउँमा पारीएन
कमिसनको नाममा
दुई चार दाम झारीएन
जनताको मुखाँ माँड नपरे पनि
आफ्नो मुखमा जाँड पारीएन भने
के को बजेट ल्याउनु
खाली बजेट बजेट भनि
दशनंग्रा मात्र ख्याउनु ।

नयाँ निति हालेर
धनीलाई धन थपीयन
गरिब झन दविएन
जनता सुकुम्बासी बनाई
आपूm माथी टपिएन भने
के को बजेट ल्याउनु
खाली बजेट बजेट भनि
मन्त्रालय मात्र धाउनु ।

वजेट ल्याउँदा
दुई नम्बरीलाई बचाइएन
महगी चर्काएर
बजारमा उधुम मचाइएन
कामै नगरी
तलब भत्ता पचाइएन भने
के को वजेट ल्याउनु
खाली बजेट बजेट भनि
मन्त्री मात्र हुन आउनु ।
दाङ, हाल काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x