साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तिम चेतावनी

Nepal Telecom ad

सुरालमा सु गर्ने हो कि, सिरानीमा सु गर्ने हो भन्ने थाहा नपाउने बेलादेखि नै चेतावनीसँग चिरपरिचित भइयो । त्यसैले अहिले बुढेसकालमा पाएका चानचुने चेतावनीको चिन्तै लाग्दैन । फेरि चेतावनी त चिन्तनमनन गरेर चाँचाँडो चुलिन खोज्नेका लागि पो चिन्ताको विषय हो । गैँडाका गतिला छालाले मुटु मोरिएका मनुवालाई चेतावनी त के चिम्टा तताएर च्यापु डाम्दा पनि पार लाग्दैन ।

म मोरो सानैदेखि चेतावनीले चेतना दिया मान्छे । सुराल सिञ्चित गरेको बेला आमाले चड्कन लाउँदा होस् या बाले भन्याबेला भुसा खान अगुल्टो नपाउँदा होस् । चाबुकसहितको चेतावनी पनि हात लाग्थ्यो । व्रmमशः उमेरसँगै चेतावनीको स्तर पनि बढ्दै गयो । जुनबेला बिहे भनेपछि बिछट्टै रिस उठ्थ्यो त्यो बेला केही बिराम ग¥यो कि अब यसको बिहे एउटी च्याँखुरीसँग गरिदिनुपर्यो भनेर चेतावनी दिन्थे । जब बिहे गर्ने बहुतै रहर लाग्यो, तब बिहेको नामसम्म नलिएर चेतावनी दिए ।

पाठशालामा पाठ नबुझाउँदा होस् या अभिभावक र गुरुहरूको आज्ञा पालन नगर्दा होस् चेतावनी पाइन्थ्यो । समय, अवस्था र औकातअनुसार चेतावनीको स्तर पनि फरक पथ्र्यो । स्कुलमा यस्सो जिब्रो चलाउँदा मास्टरले “ए मोरा खैनी खाइस् ?” भनेर चाबुक दिन्थे । यस्सो यताउता हेर्दा चुदुरबुदुर गर्छस् ? भन्दै चड्कनचिउरा दिन्थे । यस्सो साथीहरूसँग खस्याकखुसुक गर्दा, चुरीफुरी देखाउँछस् ? तेरो चिलिम फर्काउँला भन्थे । अलिअलि अलग ढलग गरे, कामचोर मोरा ! तेरो कन्चट सेकिदिउँला भन्दै चेतावनी दिन्थे । ऊ बेला फाट्टफुट्ट चेतावनीले काम चट पारेको पनि देखिन्थ्यो । लाग्थ्यो हो न हो यो चेतावनी त चोटिलै हतियार रहेछ ।

मेरा एक अति हितैषी मित्र छन् । उनी बिहेब्युरोका अध्यक्ष पनि हुन् । बोलीमा बेलैदेखि पक्का हुने र निर्णयमा सधैँभरि धक्का दिने उनको बानी छ । अस्ति मात्र फेरि उनले मलाई बिहे गर्ने निर्णय सुनाए । मैले छक्क पर्दै भनेँ– हैन ए मित्र ? यो तिम्रो बिहेको तेह्रौँ निर्णय हैन ? प्रतिउत्तरमा उनले भने– हो, तर योचाहिँ फाइनल निर्णय हो यार ? मैले बोलीका पक्का मित्रको निर्णयप्रति शङ्का गरिनँ र चेतावनीस्वरूप, भोजचाहिँ मज्जाले खुवाऊ है ? पैलापैलाको जस्तै गरी भनिदिएँ ।

कुरो चेतावनीकै हो । भर्खरै रिजाब नाम गरेका, नाम चलेका नेताले राजनैतिक गतिरोध अन्त्यका लागि अन्तिम चेतावनी दिए । म भित्रभित्रै गर्वले गौरवान्वित भएँ । बा नेताजी ! यो साहसको सम्मान त गर्नै पर्छ । दृढविश्वासका साथ व्यक्त भएको यो अभिव्यक्तिमा कत्रो दम छ । म यस्तै सोचिरहेको थिएँ । त्यत्तिकैमा पावरफुल पत्रकार खुरुन्दार टुप्लुक्क आइपुगे र अघि सर्दै पहिलो प्रश्न पछारे– हैन नेताज्यू ! यो त तपाईंको चौबीसौँ चेतावनी हैन र ? प्रतिउत्तरमा नेता रिजाबले गज्जबको जवाफ दिए– हो, तर योचाहिँ हाम्रो अन्तिम चेतावनी हो । खुरुन्दारले खुरुक्क अर्को प्रश्न राखे– यदि फेरि पनि चेतावनीको बेवास्ता गरिएमा तपाईंहरू के गर्नुहुन्छ ? जवाफमा नेताजी बडो गम्भीर देखिए । उनले आफ्नै जुँगामा चोरीआँैला र बुढीआँैँलाले लोप्पा ख्वाएझैँ ताउ लाउँदै भने— यदि यो चेतावनीको पनि बेवास्ता गरे, हाम्रो पार्टीको पूर्ण बैठक बस्नेछ । त्यसपछि घगडान छलफल चल्नेछ र फेरि हामी अर्को अन्तिम चेतावनी दिनेछौँ ।
हाल काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
0
Would love your thoughts, please comment.x
()
x