साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिहिनेत

Nepal Telecom ad

आफ्नै बगैंचामा आँप फले पनि
भोक लग्यो भन्दैमा पाकेको आँप आफै झर्दैन
आफै झरेको कुहिएको हुन्छ, खानै पर्दैन ।

कि रुख चढ्नुपर्छ कि झटारो हान्नुपर्छ
रुख चढ्दा आँपभन्दा पहिले चढ्नु चै झर्छ
झटारो हानेर मात्रै पनि हुँदैन लाग्नु पनि पर्छ
लागेर मात्रै पनि पुग्दैन आँप झर्नु पनि पर्छ ।

त्यत्रो खतरा र झन्झट बेहोर्नु भन्दा–
‘ए साहुजी ! यो आँप एउटाको कति पर्छ ?’

उत्तर आयो– ‘आँपलाई पैसा पर्दैन हजुर, मिहिनेतलाई पर्छ ।’
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x