साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राम्रा बुढा राम्री बुढी

Nepal Telecom ad

उमेर जति जति बढ्दै गयो
बुढाका आँखामा बुढी झन् झन् राम्री देखिन थालिन्
बुढीका आँखामा बुढा झन् झन् राम्रा देखिन थाले ।

मोतियाबिन्दुले गर्दा अनुहारको सबै भाग प्रष्ट नदेख्ने रहेछन्
झन्डै आधा अनुहार प्रष्ट देख्ने र आधा अनुहार कल्पना गर्दा रहेछन्
पचास प्रतिशत अनुहार कल्पना गरेजस्तो जोड्न पाए
कस्की बुढी नराम्री देखिएलिन् ?
कसका बुढा नराम्रा देखिएलान् ?
अनि पो एकले अर्कोलाई राम्रो र राम्री देख्दा रहेछन् ।

कालो रंग दलेको कपाल चम्किएकै छ
हालेको दाँत झल्किएकै छ
सत्र मुजा चाउरी देखिन्न, सम्म भइहाले
अनि त बुढालाई बुढी राम्री र बुढीलाई बुढा राम्रा भइहाले ।
बत्तिसपुतली, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x