साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुतली सडक

Nepal Telecom ad

मन्त्री, प्रधानमन्त्री
साइरन बजाउँदै
मेरो छाती कुल्चँदै
ओहर दोहर गर्दा
मलाई खुशीले कुतकुताउँछ ।

तर त्यसै बेला
लाजले मुख छोप्छु
जब बिच सडकमा
बाटो छेक्दै
लाज पचाउँदै
प्रेम जालमा फसाउँदै
एउटा साँढे
कोरलीलाई मुतमुताउँछ ।

ब्यस्त बाटोमा
छोटो स्कर्टमा युवतीहरू
सडकमा हिँड्दा
युवा होस् कि बुढो
दायाँ बायाँ उभिएर
आँखाले चियाएको देख्दा
भन्न मन लाग्छ
सडक झै लम्पसार बनेर त हेर
यसरी हेर्नमा
झन क्या मजा आउँछ
तर रातमा जँड्याहरूले
साँढेले झैं धारो बगाउँदै हिँडदा
त्यो बेला साँच्चै नै मलाई
सडक हुनुमा बेमजा आउँछ ।

कानमा कुन्डली
कपालमा मुन्डली
घाँटीमा झुन्डली लाउँदै
धुवादार पल्सर गुडाउँदै
पछाडी तरुनी उडाउँदै
मेरो बक्षस्थल चिर्दै
होटेलहरूमा छिर्दै गरेका देख्दा
त्यो बेला
मलाई मेरो बैशको याद आउँछ ।

कालो धन कमाउँदै
कोही तालु खौलिएका
कोही कपाल खौलिएका
मेरै आँखा अगाडि
नृत्याङ्गानाहरूसँग रमाउँदै
सोमरसको प्याला जमाउँदै
यौवनाको नितम्ब समाउँदै
स्वर्ग भोगिरहेको देख्दा
थुइक्क ! पातकी बुढाहरू !
मनमा गालीहरूका साथ
इर्ष्याले आँखा तिर्मिराउँछ ।

कहिले जुलुस कहिले नारा
कहिले बालेर टायर सारा
कहिले ढुङ्गो हानाहान
कहिले गर्दा तानातान
त्यो बेला
अशाान्तिले तन
सडक हुनमा गर्मराउँछ ।

कहिले बाटो बन्द
कहिले नेपाल बन्द
हुँदा ती अनेक छन्द
त्यो बेला
एक छिन भए पनि
मन शान्तिले रमाउँछ ।
दाङ, हालः काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x