मुकुन्द आचार्यभ्याटको विरोधमा पिकनिक
मित्रमण्डली किनमेलमा व्यस्त थियो । एउटा जखमले खसी, केही भाले, अनेक थरिका सोमरस, स्न्याक्स (सितन)हरू, भिडियो डेक, तासका अनेक जोडी– आदि वस्तुहरू किन्ने काम युद्धस्तरमा जारी थियो ।
एकजना वृद्धलाई खसखस लागेछ, सोधिहाले, कसकी छोरीको बिहे हो बाबुहरू ?
‘किन र बा ?’ अरुलाई बुढोको प्रश्न सुन्ने फुर्सत थिएन, खसी डोहो¥याउने केटोले सोधेछ ।
यतिका खानेकुरा र मनोरञ्जनका सामग्री जन्तीकै लागि त होला नि, हैन र ?– बुढाले लख काटे ।
अब त अल्लारे ठिटोलाई पनि झोंक चलेछ क्यारे, उसले बुढालाई हकारे जस्तो ग¥यो– आ…. के को जन्ती र सन्ती हुन्थ्यो । यी ठूल्ठूला साहु हुन् । भ्याटको विरोधमा नेपाल बन्द गरेर पिकनिक गर्न जाने रे क्या !
सोझा बुढाले भ्याटको अर्थ मनमनै यसरी लाए– खसी, कुखुरा, रक्सी, तास, फिलिम नेपाल बन्द– यी सबै मिलेर भ्याट बन्छ !
बारा, हाल थानकोट, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































