साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भएको भए

Nepal Telecom ad

संविधानसभा भवनभित्र पस्दैमा नेता होइने भए
अस्पतालभित्र पस्ने सबै डाक्टर भई सक्ने थिए ।

धेरैले ढोग्दैमा ठुलो होइने भए
उहिलेका मन्दिर अहिले निकै अग्ला भई सक्ने थिए ।

अरुले नढोग्दैमा सानो होइने भए
धरहरा अहिलेसम्म इनार बनि सक्ने थियो ।

जनताको रगत चुसेर आफ्नो पेट भर्दैमा नेता होइने भए
लामखुट्टेले उहिल्यै सरकार गठन गरि सक्ने थिए ।

धेरै भोट ल्याउँदैमा जनप्रिय नेता होइने भए
धेरै चङ्गा बटुल्नेहरू आकाशमा उडिरहेका हुने थिए ।

मोटर चढ़दैमा ठुलो मान्छे होइने भए
ड्राइभरहरू सबै भन्दा ठुला मानिसमा गनिने थिए ।

नेता कहलाइनु राम्रो कुरा भए को भए
व्यङ्ग्यकारले कापी कलम बन्द गरिसकेका हुने थिए ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x