प्रेम ओली ढकलपुरेदारीको महिमा
कोहीे दारी
प्रतिज्ञाका दारी
फलानो नेताले नहारेसम्म
फाल्दैन भनिएका दारी
कोही दारी
संविधान नआएसम्म
छुरा हाल्दैन भनिएका दारी
कोही दारी
प्रतीक्षाका दारी
प्रेमिकालाई नपाएसम्म
फाल्दैन भनिएका दारी
कोहीे दारी
साधनाका दारी
ईश्वरत्व नपाउँदासम्म
नफालिएका दारी
कोही दारी
आराधनाका दारी
भाकल पूरा नभएसम्म
पालिएका दारी
कोही दारी झुसे दारी
कोही दारी टुसे दारी
कोही दारी बोके दारी
कोही दारी जमरा भंैm ठुसे दारी
कोहीे दारी
अल्छीहरूका दारी
आज फाल्छु
भोलि फाल्छु भनी
अल्झिरहेका दारी
कोही दारी
अथिङ्ग्रे दारी
त्यसै त्यसै
बल्झिरहेका दारी ।
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































