साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सभ्यताको अनुहार

Nepal Telecom ad

हजुरबाको टोपी खुइँलिदासम्म
हजुरआमाको मजेत्रो मइँलिदासम्म
गोरु झैं बाबा जोतिँदा पनि
माटोसँगै आमा पोतिँदा पनि
आगनमा वसन्त आउँदै आएन
निधारमा घाम कहिल्यै उदाएन

ब्रहमाण्डको दूरी नाप्नेहरूले
मान्छेको दूरी किन नापेनन् ?
संसार साँघुरिएको देख्नेहरूले
मान्छे टाढिएको किन देखेनन् ?
समृद्घिको सालिक पुज्नेहरूले
विभेदको खाडल किन पुरेनन् ?

यो बाटो खुट्टाले हिड्नेहरूको भन्दा
मोटरमा गुड्नेहरूको कसरी भयो ?
यो माटो श्रमले सिँच्नेहरूको भन्दा
प्लटिङ् गरेर बेच्नेहरूको कसरी भयो ?

धर्तीमा हावा र पानी
हुकुम चलाउनेले बनाएका होइनन्
हलो समाउनेले फलाएका हुन्
आकासमा घाम र जून
बपौती पाउनेले ल्याएका होइनन्
पौरख रोप्नेले फुलाएका हुन्

पसीनाको समुद्र बहाउने सामु
अभावको पहाड ठडिएपछि
किर्ते कागजमा तोक लाएर
लुटको भकारी भरिएपछि
सामन्ती युगलाई धुलो चटाउन
सभ्यताको कुरुप अनुहार मेटाउन
अब, हत्केलाको ठेला विस्फोट गराउँछु
र महलहरूमा भुइँचालो ल्याउँछु ।
थलारा, बझाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनाको सहरमा

सपनाको सहरमा

सोझो गाउँले
म मान्छे हुँ

म मान्छे हुँ

सोझो गाउँले
एकादेशको कथा

एकादेशको कथा

सोझो गाउँले
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x