साइबर अपराध सम्बन्धी सचेतना सामग्री

र पिठो बिकाउँछन्

Nepal Telecom ad

खहरे आउँछन्, धमिलो बिकाउँछन्
तेल पोखाउँछन्, र दियो बिकाउँछन् ।

आफू जजस्ता छन्, उस्तै छन् ब्यवहार
गुलियो ख्वाउँछन्, र तितो बिकाउँछन् ।

बासी कुरा गर्छन्, डकार्छन् हिजोलाई
साजी देखाउँछन्, र सिनो बिकाउँछन् ।

जे जे भेट्टाउँछन्, मुच्छन् एकै ठाउँमा
गिलो बनाउँछन्, र हिलो बिकाउँछन् ।

बोल्छन् बाबा बोल्छन्, बोल्छन् हुने नहुने
हल्ला पिटाउँछन्, र पिठो बिकाउँछन् ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x