साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छट्टुु सन्तान

Nepal Telecom ad

नेपाल आमा असाध्यै दयालु हुनुहुन्छ
जसले उहाँलाइ सम्पन्न बनाउँछु भन्छ
‘पहिला तिमिनै सम्पन्न बन’ भनि दिनुहुन्छ
अनि सम्पन्न बनाउनेनै पहिला सम्पन्न हुन्छ
आमा गरिबै रहनुहुन्छ
नेपाल आमा असाध्यै दयालु हुनुहुन्छ ।

छट्टु सन्तानले आमाको यो बानी जानेको छ
आफु सम्पन्न बन्न पर्यो भने
पहिला आमालाई सम्पन्न बनाउने भनेको छ
आमा त स्वभावैले ‘पहिला तिमी नै सम्पन्न बन’ भनिदिनुहुन्छ
आफू सम्पन्न भई सकेपछि आमा बिर्सिन्छ
आमा दुखैमा रहनुहुन्छ
छट्टु सन्तान चम्किन्छ
नेपाल आमा असाध्यै सोझी र दयालु हुनुहुन्छ ।

धेरै छट्टु सन्तानले फाइदा लिई सके आमाको यो बानीको
आमा ठग्ने काम अझै चल्दै छ
ऊ त्यो छट्टु पनि आफ्नो मुहार फेर्न खोज्दै छ
आमाको त्यो मुहार फेर्छु छट्टु भन्दै छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x