साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हर्के गाउँ फर्के

Nepal Telecom ad

दाम कमाउने भनी
नाम कमाउने भनी
सहर पस्यो हर्के
सस्तो कोठा खोजेर
सहरमा बस्यो हर्के ।
बिस्तारै
सहरको हावाले छोए पछि
नयाँ ढाँचामा देखियो
हर्केबाट हर्कमान लेखियो
बिस्तारै दाम कमाउन सिक्यो
सहरमा रमाउन सिक्यो
म्यानपावर दलानी गर्दा
कतिपटक जेल प¥यो
अब झन पाक्दै गयो हर्के
जग्गा दलाल पनि भयो हर्के
अब
कुरा गर्न जान्यो
पैसो कमाउन जान्यो
मान्छे घुमाउन जान्यो
पैसो कमाए पछि
शेयर किन्न थाल्यो हर्के
नेता चिन्न थाल्यो हर्के
कसैलाई काम मिलाई दिन्छु भन्दै
कसैलाई पद मिलाई दिन्छु भन्दै
दाम गिन्न थाल्यो हर्के ।

अब उसलाई
हर्केबाट
हर्कमान हुँदै
हर्क सर भन्न थाले
हर्क सर पनि साइकल छोडी
गाडीमा नै हिंड्न थाले
नेता उनकै पछि लाग्न थाले
हुँदाहुँदा बैंक पनि
उनकै पछि भाग्न थाले
अब हर्क सरलाई भेट्नै गाह्रो
हर्क सरको महलमा टेक्नै गाह्रो ।

एक दिन अखबारमा
ठुलो फोटो सहित छापियो
हर्कमान करोडौँ ठगीमा जेल
मानव तस्करी
चरेस तस्करी
जाली कागजात
बैंक ठगी उसको खेल ।

केही समय पछि
टुप्लुक्क देखिए हर्क बसपार्कमा
झुत्रे लुगा, लामा दाह्री
कतै जान खोज्दै थिए बस पार्कमा
मैले सोधेँ
हर्क दाइ कता हो आज
हिजो अर्कै आज अर्कै
के हो नि राज ?
उनले भने
गरिब भएर पनि देखँे
धनी भएर पनि देखेँ
गरिब भएर भन्दा
धनी भएर जिउन गाह्रो छ
गरिबको भन्दा धनीको
प्याला पिउन साह्रोे छ ।
जो गरिब छन् तिनी त्यस्तै देखिन्छन्
तर धनी जस्ता देखिन्छन् त्यस्ता छैनन्
जब खुल्छ तिनको पोल
तब हुन्छ सबै डमाडोल ।

जीवनको थकान मेटाउन हर्के
मसँग सँगै गाउँ नै फर्के ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x