यसै भयो उसै भयो
“धाकभन्दा धक्कु ठूलो हिँड्न लाग्यो खुट्टै लुलो ।” मैले यो उखान फलाक्ने बित्तिकै मेरो बारी मुन्तिरको व्रmान्तिकारी स्वभाव भएको मित्र पिलन्धरलाई रिस किन उठ्छ भन्नेकुरो मैले मेसो पाउन सक्याभए त मरिजाऊँ ! हुन त सानैदेखि ऊ व्रmान्तिकारी स्वभावको, म आज्ञाकारी स्वभावको । तर जे भएपनि मैले सरकारी जागीर नखाँदासम्म एउटै कचौरामा तरकारी खाएर हुर्केको । लाठो भएर म मेरै बाटो ऊ आफ्नै बाटो लागेपछि भेटघाट भूमिगत भएर गएको हो । मलाई अझै याद छ कैलेकाहीँ एउटै खाटमा सुत्दाखेरि ठाकठुक प¥योभने तत्कालै लात्तले एक भ्वाक दिएर मलाई भुइँमा पु¥याइदिन्थ्यो । मोरो सानैदेखि व्रmान्तिकारी स्वभावको थियो । म फेरि आज्ञाकारी स्वभावको भएकोले लात खाएपछि चुपचाप भुइँमै रात बिताइदिने । व्रmान्तिकारी र आज्ञाकारीमा के फरक छ ? भनेर मैले एकताली कुरो उठाउँदा उसले भनेको थियो– “आज्ञा ‘मान्ने’लाई आज्ञाकारी तर व्रmान्ति ‘गर्ने’लाई व्रmान्तिकारी”। मेरो दिमाग त्यतिसारो तेजिलो नभएकोले उसको कुरा सजिलोसँग बुझ्न मलाई हम्मेहम्मे पथ्र्याे । अहिले बल्ल हो त नि ! जस्तो लाग्छ । आज्ञा गर्ने अर्थात आज्ञा दिनेलाई स्वभाव अनुसार भ्रष्टाचारी भन्न सकिएला, व्यभिचारी भन्न सकिएला तर आज्ञाकारी त पटक्कै भन्न मिल्दैन । आज्ञा मान्नेलाई पो त आज्ञाकारी भन्न सकिन्छ । तदनुरुप व्रmान्ति गर्नेलाई अर्कैथोक भनेर व्रmान्ति मान्ने अर्थात धम्कीसँग डराएर सातोपुत्लो जानेलाई पो व्रmान्तिकारी भन्नुपर्ने । तर त्यसो नभएर यहाँ त व्रmान्ति गर्ने अर्थात पाखुरा फर्काएर दुनियाँ थर्काउनेलाई व्रmान्तिकारी भनिन्छ ।
म फेरि ठट्टा गरीरहनुपर्ने मान्छे, एकदिन फेरि माघे संव्रmान्ति र राजनैतिक व्रmान्तिमा के फरक छ ? भनेर पिलन्धरपट्टि प्रश्न पछारेको थिएँ । उसले उत्तर के बजा¥यो भने, माघे संव्रmान्ति वर्षको एकदिन मात्रै ठ्याक्कै माघको एक गते नै पर्छ तर राजनैतिक व्रmान्ति त बाह्रै काल बाह्रै मास पर्न सक्छ । पिलन्धरको यो कुरो चाहिँ मलाईसमेत मन परेको थियो है ! एकपटक “कलम बलियो कि तरवार बलियो” भन्ने शीर्षकको वादविवाद प्रतियोगितामा भाग लिएर कलमको पक्षबाट पुरस्कार जितेको थिएँ म इत्रो सानो फुच्चे हुँदाखेरि । धन्न मेरो ऊ बेलाको भाग्य ! अहिले भएको भए त नचाहिँदो कुरो बोल्दोरहेछ भनेर ‘स्योर’ हार्ने ।
हुनत हो, नयाँ हुनको लागि पुरानो भन्दा राम्रै हुनुपर्छ भन्ने छ र ! पुरानो भन्दा फरक हुनुप¥यो बस् त्यत्ति हो । त्यसका लागि निरन्तरतामा व्रmम भङ्ग गर्दिए पुग्छ । नेपाललाई ढुङ्गे युगमा लगेपनि आखिर नयाँ त भयो नि ! मलाई त अचेल सुत्ने बेलामा पीर पर्छ, कतै बिहान उठेर हेर्दा हाम्रो नेपाल चिन्नै नसकिने गरी नयाँ त हुने होइन ? छेकछन्द हेर्दा त चिन्नै नसकिने मात्र होइन देख्नै नपाइने पो हो कि जस्तो पनि लाग्छ कैलेकाहीँ । तर अस्थाई साधन प्रयोग गरेर ढुक्क भएझैँ एउटा के कुरामा ढुक्क हुन सकिन्छ भने अब हाम्रो नेपाल पुरानै त अवश्य पनि रहने छैन ।
दुनियाँले नयाँ बनाउने भन्दै हिँडेपछि पुरानो त हुने चान्सै छैन । पुराना परम्परा, संस्कृति जोगाउन बबाल गर्नुपर्ने नयाँ संस्कृति आइसकेको छ । स्वतन्त्र पत्रकारिताको लागि निरन्तर लडिरहन पाउने कुराको पनि सुनिश्चितता भएको छ । स्वतन्त्र र निश्पक्ष ढङ्गले मन लागेको मान्छेलाई ठोक्न पाउने मानवअधिकारको पूर्णरुपले संरक्षण भएको छ । पहिलेपहिले त्रासले मस्तसँग सुत्न नपाएका नेपाली जनताहरुका लागि लोडसेडिङ ह्वात्तै बढाएर मस्तसँग सुत्न बाहेक अरु केही गर्न नमिल्ने बनाई अत्यन्त ठूलो गुन लगाइएको छ । धर्म निरपेक्ष बनाएर वर्षको पन्ध्रदिन विदा बढाइएको छ । भाषा निरपेक्ष बनाएर मित्रभाषामा समेत सपथ खान मिल्ने बनाइएको छ । जसले पनि अनेकौँ जुक्ति लगाएर मुक्तिसेना गठन गर्ने वातावरण तयार भएको छ । जसले गर्दा लगभग जम्मै नेपालीहरु सेना बन्न पाउने सम्भावना पनि बढेको छ । अर्कोतिर जातजातिबीच भेदभाव भने कायमै रहोस, अझ वृद्धि हुँदै जाओस् भनेर जातलाई निरपेक्ष बनाइएको छैन । त्यसैका लागि जातीयताका आधारमा संघ छुट्याउने भनिएको छ । यो सब चालामाला देख्दा त नेपाल दशवर्षमा स्विजरल्याण्ड होइन पाँचैवर्षमा त्यस्ता जाबा स्विजरल्याण्डलाई त धुलामै पछार्ला जस्तो छ ।
यता शहरको रात्रि–जीवन ठप्प पारेर ढुङ्गेयुगमा फर्किन खोज्नुको उद्देश्य पनि एउटै हो । चन्द्रमा छुने उद्देश्यजस्तो होइन क्या ! देशलाई ढुङ्गेयुगमा धकेलेर एकदम टल्काइदिने भनेको पो त ! अर्कोकुरो आँगन नै टेडो भएपछि नाच्न जान्ने त कुरै भएन । देख्न मिल्ने नमिल्ने सपनाहरु जम्मै सर्लक्कै देखेपछि बिहान उठ्दा झर्लक्कै भएन त !
तर जसले जे–जे भनेपनि जे–जे गरेपनि एउटा कुरामा चैँ म विश्वस्त छु , त्यो के भने ‘नयाँ नेपाल’ । नयाँ नेपाल त अब यसै भयो उसै भयो । जसरी पनि भयो । पत्याए पनि पत्याउनुस् नपत्याए पनि पत्याउनुस् ।
फुलौरा सङ्ग्रह