साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा आकाश

Nepal Telecom ad

महिला हिंसा अपराध हो, गर्नै हुँदैन
पुरुष हिंसा अधिकार हो, छोडनै हुँदैन
रक्सी खाई घरमा आइ पिट्नै हुँदैन
तिन तिन काम एकै चोटी गर्नै हुँदैन ।

रक्सी खाई घरमा कि त आउनै हुँदैन
आए पनि महिलालाई पिट्नै हुँदैन
पिट्ने दिन बरु रक्सी खानै हुँदैन
कि खाऊ रक्सि कि चैं पिट दुईटै हुँदैन ।

महिला हिंसा अपराध हो, गर्नै हुँदैन
पुरुस हिंसा अधिकार हो, छोड्नै हुँदैन
महिलामाथि हिंसा प्राय घरेलुनै हुन्छ
जान्दा जान्दै किन महिला घरेलुनै हुन्छ ?

अपराध हो घरेलु हिम्सा गर्नै हुँदैन
बनेलु हिंसा गरे कसैलाई पत्तै हुँदैन ।
रुनु नारी अधिकार हो हाँस्नै हुँदैन
पुरुषले त हाँस्नै पर्छ रुनै हुँदैन
महिलाको आयोग छ पुरुषको छैन,
नपिटे त रिस पोख्ने ठाउँ कतै छैन
पुरुषसँग बराबरी गर्छौं भनेर
पुरुष सँगै ‘आधा आकाश’ लिने मागेर ।

मागेर कोही धनी हुन्न कसले भनि देला ?
सिङ्गैै धर्र्ति बाँकी आकाश पुरुषैले लेला !
आधा आकास माहिलाको हेप्नै हुँदैन
सिङ्गैै धर्ति पुरुषको हो भन्नै हुँदैन
महिला हिंसा अपराध हो, गर्नै हुँदैन
पुरुष हिंसा अधिकार हो, छोडनै हुँदैन ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x