साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अमरत्वको खोजी

Nepal Telecom ad

ऊ अमर बन्न चाहन्छ
हमेशा योग–ध्यानमै रहन्छ
ऊ कुनै काम गरेर होइन
ऊ नमरेरै अमर बन्न चाहन्छ ।

हमेशा झारपात बुटीको खोजीमा रहन्छ
तिनका नयाँ नयाँ गुण सुन्छ सुनाउँछ
बैद्य डाक्टरका नाम कण्ठ बनाउँछ
यो यो गरे स्वास्थ्य लाभ हुन्छ भनिदिनु पर्छ
त्यै त्यै गर्छ रमाउँछ
एक मिनेट फुर्सद छैन उसलाई केही काम गर्न
ऊ काम गरेर होइन
ऊ त नमरेरै अमर बन्न चाहन्छ ।

“म मर्नबाट डराउने होइन” भन्छ
हमेशा मृत्युलाई जित्ने कोशिसमै रहन्छ
तीर्थ जान्छ, ब्रत बस्छ,
साधु महात्मा आश्रममा खोजी खोजी पुग्छ
बिहानै टाउको तल खुट्टामाथि गर्छ
कहिले नाक थुनेर सास रोक्छ
कहिले हात उचालेर सास छोड्छ
कहिले भुँडी हल्लाउँछ
कहिले ढाड दोब्र्याउँ छ ।

हमेशा मृत्युबाट भागाभाग छ बिचरालाई
मृत्युकै चिन्ता मृत्युकै सोच छ बिचरालाई
तर “म मर्न डराउने होइन” भन्छ
हमेशा आयु लम्ब्याउने ध्याउन्नमै रहन्छ
ऊ कुनै काम गरेर होइन
ऊ नमरेरै अमर बन्न चाहन्छ ।

जब मरिन्छ जस्तो लाग्न थाल्छ
ऊ पुनर्जन्मको आस गर्न थाल्छ
ऊसलाई बाँच्नु छ, मर्नु छैन
यो जन्ममा मरे पनि अर्को जन्ममा बाँचे हुन्छ
ऊ कुनै काम गरेर होइन
ऊ नमरेरै अमर बन्न चाहन्छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x