साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दीपज्योतिमा वसन्त काव्य गोष्ठी

Nepal Telecom ad

काठमाठौं, ११ वैशाख, ०७२ । दीपज्योति आ.मा.वि. गोंगबुले विगत १० वर्षदेखि निरन्तर रूपमा गर्दै आएको वसन्त काव्य गोष्ठी यस वर्ष पनि कुल प्राङ्गण गोंगबुमा सम्पन्न गरेको छ ।

झण्डै तीन दर्जन कवि, साहित्यकारहरूले कविता वाचन गरेको उक्त वसन्त महात्सवमा स्थानीय संघ संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यक्तिहरू, समाजका महिला तथा बुद्धिजीवी र भद्र भलाद्मीहरूसमेत गरी सयौंको संख्यामा साहित्य प्रेमी महानुभावहरूको काव्य वाचन, श्रवण र सहभागिताको लागि उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहनु भएका डा.तुलसी प्रसाद भट्टराईले दीपज्योतिका विविध साहित्यिक गतिविधि बारे आफ्नो धारणा राख्दै ‘दीपज्योति मिनि साहित्यिक प्रतिष्ठान नै भएको छ’ भन्नु भयो । उहाँले कवि, लेखकहरूले सकारात्कम भएर कलम चलाउनु पर्ने कुरा बताउनु भयो । गोष्ठीमा आफ्ना विचारहरू राख्दै डा. गार्गी शर्मा, डा.शैलेन्दुप्रकाश नेपाल र डा.रामप्रसाद ज्ञवालीले कविले कविता लेख्दा मानवीय संवेदनालाई छुन सक्नेगरी जीवन र उसका भोगाइका कुरा लेख्न सक्नुपर्छ भन्नुभयो । कवितामा शब्द थुपारेर लामा र भद्दा बनाउने भन्दा भोगाइका संवेदनालाई छुन सक्ने छोटा, मीठा कविता बनाउनेतर्फ कविको ध्यान जानु पर्छ, उहाँहरूको विचार थियो ।

काव्य समारोहमा कविहरू हरिमाया भेटवाल, श्रीहरि फुयाँल, विजयध्वज थापा, हरिप्रसाद पाण्डे, शशी थापा पण्डित, श्याम बहादुर भावुक, राजेन्द्र ढुङ्गाना, ललिता दोषी, सविना सिन्धु र सीता विष्ट कार्कीले कविता पाठ गर्नुभएको थियो । त्यसैगरी कविता गोष्ठीमा शिव आचार्य, कृष्णदेव रिमाल, महेश्वर प्रसाद दहाल, बद्रिनाथ पाण्डे अनाथ, रत्ना पौडेल, प्रेम सिलवाल, द्वारिका कुइँकेल, तारा के.सी., मेदिनी कुमार केवल र गणेश राज कडरियाले पनि आआप्mना रचना वाचन गर्नुभएको थियो ।

समारोहमा उमेश पाण्डे, उदेश पाण्डे, केवल बिनाबी, प्रेक्षा लम्साल, विपुल पाण्डे, वैरागी जेठा लगायत बाल कविहरू अमिशा काफ्ले, अपिल रिमाल र प्रज्ज्वल मोक्तानसमेत कविता सुनाएका थिए ।

काव्य गोष्ठीमा वाचित कविताहरू मध्येबाट प्रेक्षा लम्साल, केबल बिनाबी र राजेन्द्र ढुङ्गानाका तीन कविताहरू स्रोताहरूको रोजाइमा पर्न सफल भएर वसन्त सम्मान प्राप्त गर्न सफल भएका थिए ।

विद्यालयका अध्यक्ष दीप बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रिन्सिपल उपेन्द्रनरसिंह अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संयोजन उमेश पाण्डेले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x