गायत्री परिरोशनीआफ्नै घ्याम्पो भर्नु साथी
जे जसरी भए पनि आफ्नै घ्याम्पो भर्नु साथी
सिधासाधा निमोठ्नलाई मिठो भाषण गर्नु साथी ।
छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी
दुई नम्बरी कामबाटै निकै माथि पर्नु साथी ।
कालो कपाल् खैरो पार्नु, चार अमलको कपडा लाउनु
फेसबुकको पानाभरि तिनै फोटा छर्नु साथी ।
मौका मिल्दा चौका हान्नु आफू अघि बढ्ने बाटो
राष्ट्रप्रेम सबै छाडी बसाइँ विदेश सर्नु साथी ।
लछारपाटो के हुन्छ र ? संविधान नै आए पनि
भोटको भाडा बिर्सिएर संसदमै लर्नु साथी ।
स्याङ्जा
Subscribe
Login
0 Comments
Oldest







































