धनराज गिरीमरे कठै बिनासमा
न खा न खा पुग्यो न खा तँ जा उतै स्वबासमा
परे यहाँ मरे यहाँ मरे कठै बिनासमा
धरा हरा थियो हरे बरालियो र मासियो
बिनास भो बिनास भो अकाशियो र भासियो
बनी सियो पस्यो अहो कुटो बनेर निस्कियो
सही सही सही भन्यौ झुटो बनेर निस्कियो
उचालियौँ पछारियौँ रमाउने गए दिनै
ददारियौं लतारियौं कमाउने गए दिनै
ऋणै ऋणै छ काँधमा बसेछ शत्रु साँधमा
दुलो भयो कुलो गयो पसेछ शत्रु बाँधमा
रिसाउने भयो धरा गरा गरा त चर्किए
हिमाल के पहाड के मधेश देश थर्किए
अबेर भो अबेर भो जगा जगा तँ यो धरा
उठेर लाग रे सखे बिकासको तँ हो जरा
नयाँ बनाउने भए नयाँ सजाउने भए
नयाँ नयाँ मिलौं मिलौं अतीतका सबै गए
उज्यालिने छ जिन्दगी उदाउने छ घाम रे
हटाउने छ मार्गको शिला मुढा र जाम रे
असार सार भो भने कुमाल माल भो भने
भयो भयो नयाँ भयो सुचाल चाल भो भने ।
चितवन
Subscribe
Login
0 Comments
Oldest








































