साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भग्नावशेषमाथि उभिएर

Nepal Telecom ad

जब भुइँचालो गयो
मेरो घर पूरै भत्कियो
सानो छोरा घरभित्रै पुरियो
अस्ति मात्र किनेको भैंसी पनि मर्यो
अन्नपात माटोमा सराबरी भयो
न बस्न बास छ
न खान गाँस छ
न त लाउन कपास छ
खुला आकाश मुनि रात बिताउँछु
म बिचल्लीमा परेको छु हजुर !
मेरो सर्वस्व गयो ।
म दुःखीको कोही छैन
म टुलुटुलु घरको भग्नावशेष हेरेर रोइरहेछु
आज छैठौँ दिन हो भुइँचालोले मेरो बिल्लिवाठ पारेको
न कोही आएको छ
न त कसैले सहयोग दिएको छ
हजुर आउनु भयो
मेरो बिचल्ली देख्नु भयो
तर खोई सरकार आएको ?
कहाँ छ सरकार ?
कहाँ छन् भोट माग्न आउने नेताहरू ?
कहाँ गए हामीलाई जुलुसमा लिएर जाने कार्यकर्ताहरू ?
हजुर ! यो देशमा सरकार छ ?
यतिबेला मलाई मेरो आत्माले यहि भन्छ कि
यो देशमा गरीबको निम्ति कुनै सरकार छैन
छ भने पनि
यो जस्तो बेकामको सरकार कहीँ छैन ।
बैशाख १७, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
0
Would love your thoughts, please comment.x
()
x