साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रधानमन्त्रीलाई तीन प्रश्न ?

Nepal Telecom ad

मन्त्री हो मन्त्रणा वा, हर बखत नयाँ, मूल सल्लाहदाता
जो हुन्छन् मुख्य मन्त्री, उनसित रहँदै, दिन्छ सल्लाह खासा ।
मात्रै ठेक्का र पट्टा, कमिसन घुसको, मार्ग रोज्दैछ मन्त्री
चोरैको खन्ती जस्ता, नव धनपति पो, देखिए दुष्ट मन्त्री ।।१।।

लुट्नैमा घुम्न जाने, पर मुलुक सधैं, देशमा दैव लाग्दा
दाताका दानमाथि, लुटपिट अति भो, घोर भूकम्प जाँदा ।
जस्ता पाता र खाता, निजहिततिर नै, लाउने भ्रस्ट मन्त्री
राख्छौ के शीर्ष मन्त्री, अझ पनि पदमा ? लाज लाग्दैन रत्ति ? ।।२।।

छोड्द्यौ भो मुख्यमन्त्री, पद अब बुझिद्यौ, मान्यता–मूल्य भाँच्यौ
लोकैको तन्त्रमाथि, छल–बल खलता, ताण्डवी नाच नाच्यौ ।
लेखेनौ सम्विधानै, छलफल अति भो, छैन स्थानीय–सत्ता
टीकेकै यन्त्रबाटै, कति दिन यसरी, चल्छ हो सर्वसत्ता ?
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x