साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीमान्, भुँइचालो रोक्ने आदेश चाहियो

Nepal Telecom ad

श्रीमान्, सोध्न हुन्थ्यो कि हुँदैनथ्यो ? बोल्न हुन्थ्यो कि हुँदैनथ्यो ? त्यति उचो आसनमा बिराजमान हजुरलाई भन्नुहुन्थ्यो कि हुँदैनथ्यो ?

भनें श्रीमान् । हिजोबाट भन्न मन लाग्यो । सोध्न मन लाग्यो । साँच्ची भन्दा म हजुरको आँगनमा एकपटक पनि पाइलो नटेकेको बबुरो अब डराउन थालेको छु ।

हिजोदेखि । अलिअलि पहिला पनि लागेको थियो । श्रीमानलाई नसोधी केही गर्ने की नगर्ने ? दोधारमै गरें । भुल भए माफ पाऊँ । अब सोध्न पर्नेभयो ।

हिजोबाट । कार्यालयमा बस्दाउठ्दा हजुरको आदेश सम्झन्छु र झस्किन्छु । ढोका तानिरहँदा कार्यालय बन्द गरुँ कि नगरुँ ? श्रीमानले के भनिसिन्छ ? भोक लाग्छ, खाना–खाजा खाऊँ कि नखाऊँ ? निन्द्रा लाग्छ, सुतुँ कि नसुतूँ ? बिउँझिन्छु –उठूँ कि नउठूँ ? खाली हजुरको आदेश सम्झन्छु । श्रीमानले के भन्ने हो ? बुढीले चिया दिन्छिन् खाऊँ कि नखाऊँ ? आफिस जानुपर्छ –जाउँ कि नजाउँ ?

श्रीमान् चौपट्ट भयो । उखरमाउलो । नसोधुँ– श्रीमान् रिसाइसेला । सोधुँ– श्रीमानले हकारीसेला । कस्तो उत्पात् । काठमाडौंमा झमझम पानी पर्यो– हिजो रातभरी । हल्का शितल हुनुपर्नी । तर झन् उखरमाउलो भयो । श्रीमानले के भनिसेला । श्रीमानको के आदेश आउला ?

मन पोलेपछि यो बिन्ति लेखें । श्रीमानलाई अपमान लाग्ला । मलाई लाग्छ– सम्मानपूर्वक लेखेपछि कसरी अपमान होला र ? सोचेको हुँ, यी मेरा निजी मामला हुन् । निजी मामलामा श्रीमान् नआइसेला । फेरी हजुरका यसअघिका आदेश सम्झन्छु । श्रीमान् आइसेला लाग्छ । र डराउँछु ।

श्रीमान्, हजुरको आँगनमा एउटा डिजिटल बोर्ड टाँस्न लगाइस्यो । त्यो बोर्डमा हामी मानिसले गर्न हुने र नहुने बुँदागत आदेश होस् । बिहान सबेरै त्यो पढ्न लाम लागाैंला र जीवन चलाउँला । त्यति भएसी हजुरलाई बेन्च बसाल्नु परेन ।

श्रीमान्, साँच्ची भुँईचालोको कुरो सोध्नै बिर्सेछु । अब के हुन्छ ? आउँछ कि आउँदैन ? त्यो आउन पाउँछ कि पाउँदैन । हजुरको आदेश के हुन्छ ? आउन पाउने हुन्छ कि नपाउने हुन्छ ? यहि भुँइचालोको पनि अर्को कुरा । हुन त नसोधुँ । हजुर वैशाख ११ मा विराम होइसिन्थ्यो होला । हजुरको गाथमा आराम’थ्यो भने १२ को भुँइचालो आउन नपाउने आदेश दिइसिन्थ्यो । यत्रा नेपाली किन मर्थे ? हजुरको गाथमा विराम भ’र हो । यत्रो जनधनको क्षति किन हुन्थ्यो ?

अँ श्रीमान्, यी निजी कुरा हुन् । लेखेपछि अलिकति अरुपनि लेखौं लाग्यो । लेखौं की नलेखौं ? सोध्न मन’थ्यो । हजुरको आँगनमा पाइला टेक्दा मेरा पैंताला पवित्र हुन्थे होला । शनिबार परेछ । सोध्न पाइनँ । आइतबारसम्म किन नपर्खेको भनेर हकारीसेला । अघि नै भनेनीँ– मलाइ खपिनसक्नु भएको छ ।

श्रीमान्, खप्नै नसेकर । आजै लेखेँ । घरकी बुढी सोध्दैथी– श्रीमानले के भनिस्यो ? हजुरलाई मात्रै भनुँ – उनलाई ककनी घुमाउँला भनेको थिएँ । हजुरको आदेशपछि नसोधी आजको शनिबार हिँड्न सकिनँ । आइतबार छोरोको स्कुल लाग्छ । भरे साँझ उसले नि सोध्छ– श्रीमानले के भनिस्यो ? उसलाई स्कुल पठाउँ कि नपठाउँ भएको छ ।

श्रीमान्, हजुरको आँगनमा धाइरहेका काभ्रे पाँचखालका एकजना बा’ छन् । उनी भन्थे– १७ वर्षदेखि हजुरको आँगनमा धाइरहेका छन् रे । उनले न्याय पाएकी पाएनन् ? अघि नै भनें मैले हजुरको आँगनमा पाइलो टेकेको छैन । सुनेको छु – हजारौं फाइलहरु छन् रे हजुरको दराजमा । ती न्यायका बिन्तिपत्र । ती के भए ? मलाई सोध्न मन छ ? तर सक्दिनँ । श्रीमान् रिसाइसेला । यत्ति सोधुँ– धमिरा लागेको छ कि छैन श्रीमान् ?

श्रीमान्, मनमा अनगिन्ती प्रश्न छन् । शनिबार हजुरको फेसबुक चियाएँ । ‘हजुर डराइसिन्न’ लेखिस्या र’छ । हो त नि, हजुर किन डराइसिनी ? मानिसभन्दा उपल्लो दर्जाको हजुरसँग मानिसहरु पो डराउने त । म झन् डराएँ । हजुर नडराएपछि केही होला पक्कै । श्रीमान् नडराएपछि हामी डराउनुपर्ने चलन छ ।
श्रीमान्, साँच्ची भुँईचालोको कुरो सोध्नै बिर्सेछु । अब के हुन्छ ? आउँछ कि आउँदैन ? त्यो आउन पाउँछ कि पाउँदैन । हजुरको आदेश के हुन्छ ? आउन पाउने हुन्छ कि नपाउने हुन्छ ? यहि भुँइचालोको पनि अर्को कुरा । हुन त नसोधुँ । हजुर वैशाख ११ मा विराम होइसिन्थ्यो होला । हजुरको गाथमा आराम’थ्यो भने १२ को भुँइचालो आउन नपाउने आदेश दिइसिन्थ्यो । यत्रा नेपाली किन मर्थे ? हजुरको गाथमा विराम भ’र हो । यत्रो जनधनको क्षति किन हुन्थ्यो ?

श्रीमान्, फेरी भुँइचालो रोक्ने आदेश गरिस्यो । होइन–होइन, परमादेश दिइस्यो । जो नआओस् फेरी कहिल्यै नआओस् श्रीमान् !
दीपशिखा (खबर डबली डटकम)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x