सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

श्रीमान्, भुँइचालो रोक्ने आदेश चाहियो

Nepal Telecom ad

श्रीमान्, सोध्न हुन्थ्यो कि हुँदैनथ्यो ? बोल्न हुन्थ्यो कि हुँदैनथ्यो ? त्यति उचो आसनमा बिराजमान हजुरलाई भन्नुहुन्थ्यो कि हुँदैनथ्यो ?

भनें श्रीमान् । हिजोबाट भन्न मन लाग्यो । सोध्न मन लाग्यो । साँच्ची भन्दा म हजुरको आँगनमा एकपटक पनि पाइलो नटेकेको बबुरो अब डराउन थालेको छु ।

हिजोदेखि । अलिअलि पहिला पनि लागेको थियो । श्रीमानलाई नसोधी केही गर्ने की नगर्ने ? दोधारमै गरें । भुल भए माफ पाऊँ । अब सोध्न पर्नेभयो ।

हिजोबाट । कार्यालयमा बस्दाउठ्दा हजुरको आदेश सम्झन्छु र झस्किन्छु । ढोका तानिरहँदा कार्यालय बन्द गरुँ कि नगरुँ ? श्रीमानले के भनिसिन्छ ? भोक लाग्छ, खाना–खाजा खाऊँ कि नखाऊँ ? निन्द्रा लाग्छ, सुतुँ कि नसुतूँ ? बिउँझिन्छु –उठूँ कि नउठूँ ? खाली हजुरको आदेश सम्झन्छु । श्रीमानले के भन्ने हो ? बुढीले चिया दिन्छिन् खाऊँ कि नखाऊँ ? आफिस जानुपर्छ –जाउँ कि नजाउँ ?

श्रीमान् चौपट्ट भयो । उखरमाउलो । नसोधुँ– श्रीमान् रिसाइसेला । सोधुँ– श्रीमानले हकारीसेला । कस्तो उत्पात् । काठमाडौंमा झमझम पानी पर्यो– हिजो रातभरी । हल्का शितल हुनुपर्नी । तर झन् उखरमाउलो भयो । श्रीमानले के भनिसेला । श्रीमानको के आदेश आउला ?

मन पोलेपछि यो बिन्ति लेखें । श्रीमानलाई अपमान लाग्ला । मलाई लाग्छ– सम्मानपूर्वक लेखेपछि कसरी अपमान होला र ? सोचेको हुँ, यी मेरा निजी मामला हुन् । निजी मामलामा श्रीमान् नआइसेला । फेरी हजुरका यसअघिका आदेश सम्झन्छु । श्रीमान् आइसेला लाग्छ । र डराउँछु ।

श्रीमान्, हजुरको आँगनमा एउटा डिजिटल बोर्ड टाँस्न लगाइस्यो । त्यो बोर्डमा हामी मानिसले गर्न हुने र नहुने बुँदागत आदेश होस् । बिहान सबेरै त्यो पढ्न लाम लागाैंला र जीवन चलाउँला । त्यति भएसी हजुरलाई बेन्च बसाल्नु परेन ।

श्रीमान्, साँच्ची भुँईचालोको कुरो सोध्नै बिर्सेछु । अब के हुन्छ ? आउँछ कि आउँदैन ? त्यो आउन पाउँछ कि पाउँदैन । हजुरको आदेश के हुन्छ ? आउन पाउने हुन्छ कि नपाउने हुन्छ ? यहि भुँइचालोको पनि अर्को कुरा । हुन त नसोधुँ । हजुर वैशाख ११ मा विराम होइसिन्थ्यो होला । हजुरको गाथमा आराम’थ्यो भने १२ को भुँइचालो आउन नपाउने आदेश दिइसिन्थ्यो । यत्रा नेपाली किन मर्थे ? हजुरको गाथमा विराम भ’र हो । यत्रो जनधनको क्षति किन हुन्थ्यो ?

अँ श्रीमान्, यी निजी कुरा हुन् । लेखेपछि अलिकति अरुपनि लेखौं लाग्यो । लेखौं की नलेखौं ? सोध्न मन’थ्यो । हजुरको आँगनमा पाइला टेक्दा मेरा पैंताला पवित्र हुन्थे होला । शनिबार परेछ । सोध्न पाइनँ । आइतबारसम्म किन नपर्खेको भनेर हकारीसेला । अघि नै भनेनीँ– मलाइ खपिनसक्नु भएको छ ।

श्रीमान्, खप्नै नसेकर । आजै लेखेँ । घरकी बुढी सोध्दैथी– श्रीमानले के भनिस्यो ? हजुरलाई मात्रै भनुँ – उनलाई ककनी घुमाउँला भनेको थिएँ । हजुरको आदेशपछि नसोधी आजको शनिबार हिँड्न सकिनँ । आइतबार छोरोको स्कुल लाग्छ । भरे साँझ उसले नि सोध्छ– श्रीमानले के भनिस्यो ? उसलाई स्कुल पठाउँ कि नपठाउँ भएको छ ।

श्रीमान्, हजुरको आँगनमा धाइरहेका काभ्रे पाँचखालका एकजना बा’ छन् । उनी भन्थे– १७ वर्षदेखि हजुरको आँगनमा धाइरहेका छन् रे । उनले न्याय पाएकी पाएनन् ? अघि नै भनें मैले हजुरको आँगनमा पाइलो टेकेको छैन । सुनेको छु – हजारौं फाइलहरु छन् रे हजुरको दराजमा । ती न्यायका बिन्तिपत्र । ती के भए ? मलाई सोध्न मन छ ? तर सक्दिनँ । श्रीमान् रिसाइसेला । यत्ति सोधुँ– धमिरा लागेको छ कि छैन श्रीमान् ?

श्रीमान्, मनमा अनगिन्ती प्रश्न छन् । शनिबार हजुरको फेसबुक चियाएँ । ‘हजुर डराइसिन्न’ लेखिस्या र’छ । हो त नि, हजुर किन डराइसिनी ? मानिसभन्दा उपल्लो दर्जाको हजुरसँग मानिसहरु पो डराउने त । म झन् डराएँ । हजुर नडराएपछि केही होला पक्कै । श्रीमान् नडराएपछि हामी डराउनुपर्ने चलन छ ।
श्रीमान्, साँच्ची भुँईचालोको कुरो सोध्नै बिर्सेछु । अब के हुन्छ ? आउँछ कि आउँदैन ? त्यो आउन पाउँछ कि पाउँदैन । हजुरको आदेश के हुन्छ ? आउन पाउने हुन्छ कि नपाउने हुन्छ ? यहि भुँइचालोको पनि अर्को कुरा । हुन त नसोधुँ । हजुर वैशाख ११ मा विराम होइसिन्थ्यो होला । हजुरको गाथमा आराम’थ्यो भने १२ को भुँइचालो आउन नपाउने आदेश दिइसिन्थ्यो । यत्रा नेपाली किन मर्थे ? हजुरको गाथमा विराम भ’र हो । यत्रो जनधनको क्षति किन हुन्थ्यो ?

श्रीमान्, फेरी भुँइचालो रोक्ने आदेश गरिस्यो । होइन–होइन, परमादेश दिइस्यो । जो नआओस् फेरी कहिल्यै नआओस् श्रीमान् !
दीपशिखा (खबर डबली डटकम)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad