साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विशिष्ट स्रष्टालाई ‘देवकोटा पुरस्कार’

Nepal Telecom ad

काठमाडाैँ । सरकारले नेपाली भाषाका पाँच विधामा योगदान गरेका पाँच विशिष्ट स्रष्टालाई गत वर्षको ‘महाकवि देवकोटा पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ ।

सोअनुसार कविता विधामा बन्दीपुर, तनहुँका डा द्वारिका श्रेष्ठ, निबन्ध, समालोचना विधामा कमलपोखरी काठमाडाँैँका घनश्याम राजकर्णिकार, गद्याख्यान, नाटक विधामा पाल्पाकी भागीरथी श्रेष्ठ, बालसाहित्य, लोकसाहित्य विधामा शखरेडाँडा स्याङ्जाका देवीप्रसाद वनवासी र भाषा तथा साहित्य विधामा वाना सङ्खुवासभाका चूडामणि रेग्मी पुरस्कृत हुनुभएको छ । पुरस्कारका साथ जनही रु एक लाख र सम्मानपत्र रहने छ ।

पुरस्कार प्रदान गर्ने प्रयोजनका लागि स्रष्टाको नाम सिफारिस गर्न गठित विज्ञ संलग्न समितिले गत वैशाख ३२ गते गरेको सिफारिसबमोजिम मन्त्रिस्तरको बिहीबारको निर्णयानुसार सो पुरस्कार प्रदान गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

राष्ट्रिय र प्रतिभा पुरस्कार २० जनालाई
सरकारले आव ०७१।०७२ का लागि राष्ट्रिय पुरस्कार चार जनालाई तथा क्षेत्रीय प्रतिभा पुरस्कार २० जनालाई दिने घोषणा गरेको छ ।

सोअनुसार राष्ट्रिय प्रतिभा पुरस्कारका रुपमा संस्कृति विधामा तेह्रथुमका सोमप्रसाद खतिवडा, सङ्गीत तथा नाट्य विधामा तारा थापा, ललितकला विधामा कास्कीका राधेश्याम मुल्मी र भाषा तथा साहित्य विधामा कास्कीकै प्रा डा रविलाल अधिकारी पुरस्कृत हुनुभएको छ । सो पुरस्कारको राशि जनही रु एक लाख र साथमा सम्मानपत्र रहने छ ।

क्षेत्रीय प्रतिभा पुरस्कारका रुपमा संस्कृति विधामा पूर्वाञ्चल विकास क्षेत्रबाट सङ्खुवासभाका डा गोपाल पोखरेल विवश, मध्यमाञ्चल विकास क्षेत्रबाट काठमाडौँका डा कल्पना श्रेष्ठ, पश्चिमाञ्चल विकास क्षेत्रबाट पाल्पाका डा भवेश्वर पंगेनी, मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट दाङका डा शिवकुमार सुवेदी र सूदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट बैतडीका आत्माराम ओझा पुरस्कृत हुनुभएको छ ।

त्यस्तै सङ्गीत तथा नाट्य विधामा पूर्वाञ्चल विकास क्षेत्रबाट मोरङका रामकुमार मण्डल (गायन), मध्यमाञ्चल विकास क्षेत्रबाट भक्तपुरका भरत नेपाली( वाद्यवादन), पश्चिमाञ्ल विकास क्षेत्रबाट कास्कीका पदमराज ढकाल( गायन), मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट सुर्खेतका गणेश गौतम( रङ्गकर्म) र सूदूपश्चिमाञ्चल विकास क्षेत्रबाट कैलालीका राजकुमार जोशी (गायन, अभिनय) पुरस्कृत हुनुभएको छ ।

त्यसैगरी ललितकला विधामा पूर्वाञ्चल विकास क्षेत्रबाट इलामका विष्णुप्रसाद श्रेष्ठ(मूर्तिकला), मध्यमाञ्चल विकास क्षेत्रबाट धादिङका सुष्मा सिंखडा( मूर्तिकला, पश्चिमाञ्चल विकास क्षेत्रबाट कास्कीका आलोक गुरुङ(चित्रकला), मध्यपश्चिाञ्चल विकास क्षेत्रबाट बाँकेका श्यामनन्दन सिंह(लोककला) र सूदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट कैलालीका रमेश कडायत( हस्तकला) पुरस्कृत हुनुभएको छ ।

यसैगरी भाषा तथा साहित्य विधामा पूर्वाञ्चल विकास क्षेत्रबाट झापाका प्रा डा भीमप्रसाद खतिवडा, मध्यामाञ्चल विकास क्षेत्रबाट सिन्धुपाल्चोकका चन्द्रप्रसाद न्यौपाने, पश्चिमाञ्चल विकास क्षेत्रबाट स्याङ्जाकी रजनी ढकाल, मध्यममाञ्चल विकास क्षेत्रबाट दाङका छविलाल चौधरी र सूदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट कैलालीका वीरबहादुर चन्द पुरस्कृत हुनुभएको छ ।

राष्ट्रिय–क्षेत्रीय पुरस्कारबाट पुरस्कृत स्रष्टालाई यही असार २९ गते भानुजयन्तीका अवसरमा काठमाडौँमा आयोजना गरिने समारोहमा पुरस्कार समर्पण गरिने जनाइएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x