साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरहरा भुइँमै बजारिस्

Nepal Telecom ad

मेरो देशको छातीमा
तैले उपद्रो देखाइस् ।
कायर लुकेर आइस्
भित्रभित्रै गोरखादेखि
सिन्धुपाल्चोक हल्लाइस् ।
हिमाल पहाड तराई
सब खल्बलाइस्
गीत रगतको गाइस्
दुखमा धेरै तड्पाइस् ।

कहिले घर भत्काइस्
मान्छे मारिस् ।
कहिले डाँडै हल्लाइस्
बेसीमा झारिस् ।
आमा बालकमै खोसिस्
सन्तान टुहुरा बनाइस्
काख रित्ता पार्दै
अवोध बच्चा उठाइस् ।
दम्पत्ति छुटाइस्
एक्लै पारिस्
एक मिनटमै नौ हजारलाई
बैतरणी तारिस् ।

खाऊँखाऊँ र लाऊँलाऊँ उमेरकालाई
बोटबाट फूल चुँडे झै सजिलै उफारिस् ।
निर्जीव रचनामाथि लिएर तातो रीस
तेरो के विगारेका थिए र लतारिस्
भव्य र पुराना सम्पदा थचारिस्
ठिङ्ग उभिएको धरहरा भुइँमै बजारिस् ।

पृथ्वीकै गर्भबाट पृथ्वीमाथि वक्रदृष्टि
सगरमाथाको आधारशिविर गालिस्
सिंगै पहाड कालीमा खसालिस्
बलजफ्ती डरलाग्दा पहिरो फालिस् ।
यत्रा मान्छे लगिस् कहाँ हालिस्
काठमाण्डू डेडमिटर तल खसालिस् ।

कहाँबाट शुरु अन्त कहाँ हुने हो
खुन पसिना भित्र अट्टहास हाँसिस्
रसुवा र दोलखामा ताण्डव नाँचिस्
गरिबका मन मुटु टुक्र्याएर भाँचिस्
सृष्टिको रचना विगारेर नासिस् ।
कलिला फूलका मुना टिपेर मासिस् ।

मुखमा अटाउने जति पो हाल्नुपर्छ
अनुहारै ढाकिने गरि रगतले टालिस्
स्वर्गजस्तो नेपाल नर्कमा पछारिस्
अझै तर्साउँदै मानसिकता बटारिस्
महलका मालिक पालभित्र लछारिस् ।

थाहै नपाई महाकम्प नववर्षमै
पुराकम्प पछि पराकम्प पठाइस्
जमिनमा मेघ गर्जे सरी थर्थराइस्
मै हूँ सबैको काल भनि गड्गडाइस्
रोगी, महिला, वृद्ध, बालबच्चा सताइस् ।

अब गईदे नआउने गरि कहिल्यै
जति बिगार्नु थियो बिगारिस्
मान्छेका मन सबै चिथारिस्
भूकम्पका अघि निरीह सबै विचारिस् ।
साँच्चै दुर्दशा थियो देशको झन गिथालिस् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x