साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेतासँग छ

Nepal Telecom ad

कस्ता कस्ता सपना पालेर पढियो क ख ग
मेरा ती सप्पै सपना अहिले नेतासँग छ

कत्ति थिए आदर्श कत्ति थिए उद्देश्य
ती सप्पै अहिले बन्धकी नेतासँग छ

नसोध मसँग मेरो नाम र परिचय
पहिला मैसँग थिए अहिले नेतासँग छ

खुब गरिन्थ्यो बहस ‘तरबार ठुलो कि कलम’
दुइटै बराबर अहिले नेतासँग छ

सोच्थेँ एउटा चन्द्रमा त म पनि बनाउँछु
कहाँ बनाउनु ? सिङ्गै आकाश नेतासँग छ

धर्म इमान आत्मसम्मान विवेक जम्मै थिए आफ्नै
हुर्कदा हुर्कदै हराएछु, अहिले नेतासँग छ

खोज्दैछु म आजभोलि आफ्नै ठेगाना
भेटिन्न कतै, साथी भन्दै थियो– नेतासँग छ
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x