प्रेम ओली ढकलपुरेहर्केको हर्कत
उमेर ढल्के पनि
आफूलाई तन्नेरी ठान्छन् हर्के
जताजता तरुणीको भिड
उतैउतै मात्र जान्छन् हर्के
एक दिन रङ्गिन टिसर्टमा
पहिरिए प्यान्ट धर्के
मग्गाउँदो सेन्ट छर्के
त्यसपछि
मूलबाटोमा आएर
भिडभाडको बस पर्खे ।
उनलाई सिटमा बस्न मन लाग्दैन
महिला नभाको बसमा
पस्न मन लाग्दैन
त्यसैले आज पनि
ठेलमठेलको बसमा चढे
कता छन् महिला
यसो स्यालले झै आँखा गढे
जता छन् महिलाहरू उतै बढे ।
कहिले मोबाइलमा हल्लो गर्दै
कुइनाले घोचे
कहिले घँुडा तेर्स्याउँदै
टाङमा कोचे
कहिले निदाएझँै गरी
ढलक्क ढल्के
कहिले सुम्सुम्याउँदै तरुणी
छालभंmै छल्के ।
बसमा आज
एक महिला परिन् कडा
हर्केलाई उनले गरिन् खडा
हर्केको नाकमा कुइनो नै कोचिन्
चाकमा उनको सुइरोले घोचिन्
ऐयाआत्थु गर्दै हर्के बसबाट भागे
घरमा पुगी हारगुहार मागे
के भयो भन्दा मुख भयो टम्म
त्यो कुरो खोलेको छैन आजसम्म ।
आ भोलि हर्के, खाली बस खोज्छन्
सकभर त्यसमा, महिला नभाकै रोज्छन् ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































