साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काटौँकाटौँ लाग्छ

Nepal Telecom ad

म थिएँ हिन्दू हजुर बूढा बाइबल जप्ने
बेमेलको जिन्दगी थ्यो मलाई सधैँ खेप्ने
पहिला पहिला छनछन पैसा यसू भन्दै गने
भन्न त भूकम्पमा शिव–शिवै भने ।

फेर्के बूढा आफैंतिर भनी मैले सोचेँ
के फर्किन्थे बूढाले त छोडपत्र पो लेखे
छुट्टी सक्यौँ हामी बूढाबूढी अस्तिदेखि
भूकम्पनले हल्लाए नि गएन नै सेखी ।

देश हाँक्ने नेताजस्तै भए बूढा हजुर !
भूकम्पले थर्काए नि गएन है कसूर
नेता देश टुक्रा पार्छन् यो बूढाले घर
दमको रोगी म बूढीले कसको पर्नु भर ?

नेताहरूले खाल्टोखाल्टो पारेको यो देश
भूकम्पले पनि लियो नेताहरूकै भेष
कठै ! कठै ! ! नेपालीको कस्तो रहेछ कर्म
भूकम्प, नेता र बूढाले कहिले बुझ्ने मर्म ?

बस्ने बास, खाने गाँस आफन्त सब हराएको बेला
ल्याप्चे लगाई बूढाले त गरेछन् है खेला
नेता, भूकम्प र बूढालाई काटौँ–काटौँ लाग्छ
स्वर्गजस्तो देश टुट्दा निन्द्रा सधैँ भाग्छ ।
बुद्धनगर काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ यस्तै छ भाइ !

यहाँ यस्तै छ भाइ...

ललिता ‘दोषी’
राष्ट्रघाती

राष्ट्रघाती

ललिता ‘दोषी’
उखेल्नेछौँ पङ्ख

उखेल्नेछौँ पङ्ख

ललिता ‘दोषी’
छोड्दैन चिताले कवै

छोड्दैन चिताले कवै

ललिता ‘दोषी’
सराप्ला चिताले

सराप्ला चिताले

ललिता ‘दोषी’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x