साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नै हो

Nepal Telecom ad

टुथपेस्ट चीनको बुरुस चीनको
धारो चीनकै हो
माझिन्छ दाँत धोइन्छ मुख
अनुहार त मेरै हो ।

थाल ताप्के पिठो भारतको
चुल्हो उतैको हो
पकाइन्छ ढिँडो खाइन्छ टन्न
स्वाद त मेरै हो ।

यन्त्र प्राविधिक सामान बिदेशी
पैसा उतैको हो
गरिन्छ बन्द पारिन्छ ध्वस्त
खरानी देशकै हो ।

वाद विदेशी आदर्श विदेशी
सिद्धान्त विदेशी हो
खोलिन्छ पार्टी गरिन्छ क्रान्ति
सहिद स्वदेशकै हो ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x