प्रेम ओली ढकलपुरेढुक्क हुनुस्
बिमान किन्दा होस् कि
सामान किन्दा होस्
मह काट्नेले हात चाट्ने भन्या जस्तै
कसैले
अलिअली हात चाटे होलान्
दुईचार पैसो यसो बाटे होलान्
हुन त म गोठाला गाको छैन
तर ढुक्क हुनुस मेरो पालामा
कुनै घोटाला भाको छैन ।
ठेक्कापट्टा बोल्दा होस् कि
टेन्डर खोल्दा होस्
सरकारी सामान किन्दा होस् कि
ठुल ठुला मुद्दा छिन्दा होस्
कसैले
भोज भतेरमा ठोके होलान्
दुईचार दाम बोके होलान्
हुन त म कस्सिएर गोठाला लाको छैन
तर ढुक्क हुनुस् जनता जनार्दन
मेरो पालामा कुनै घोटाला भाको छैन ।
अध्यागमनमा होस् भन्सारमा होस्
मन्त्रालयमा होस् कि धन्सारमा होस्
कुनै गडबडी भाको छैन
समाचार आको जस्तो
कतै कसैले खाको छैन
हुन त म त्यती गोठाला गाको छैन
तर ढुक्क हुनुस्
पत्रिकाले भन्या जस्तो
मेरो पालामा कुनै घोटाला भाको छैन ।
रासनको नाम कसैले
अलिअली खाए होलान्
तस्करको काम कसैले
धेरथोर पाए होलान्
बलात्कारीलाई छुटाउन कसैले
अलिकति समाए होलान्
भ्रस्टाचारीलाई जोगाउन कसैले
थोरथार कमाए होलान्
तर टिभीले देखाको जस्तो
खास केही भाको छैन
मेरा पनि सुलसुले छन्
उनीहरूबाट केही त्यस्तो पाको छैन
हुन त म खासै गोठाला गाको छैन
तर ढुक्क हुनुस् सुशासन छ
मेरो पालामा कुनै घोटाला भाको छैन ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































