साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँच्चै संविधान आउने भो

Nepal Telecom ad

कहिले असहमतिको हलो अड्काउँदै
कहिले विमतिको फालो लट्काउँदै
हामीले संविधान बनाउन ढिलो गर्न
अनेक कदम चालिम
सबले दबाब दिएपछि
यसो लेखेको जस्तो गर्न थालिम्
यसपाली त साँच्चै
संविधान आउने भो
तर थाह छैन यो आएपछि
कसले के के पाउने हो ।

संविधान बनेपछि
कसैलाई पनि चार दल चाहिँदैन
यसरी ठगी ठगी खान पनि पाइँदैन
त्यसैले जनजातिको कुरो हालेर होस् कि
दलितको बल्छी फालेर होस्
यो संविधान सभालाई
तन्काउनुसम्म तन्काइयो
दुई चार महिना भए पनि
पालै पालो प्रधानमन्त्री पद दन्काइयो
छर छिमेकहरूले पेलेपछि
शुभचिन्तक भन्नेले पनि
अर्कै अर्कै रोल खेलेपछि
आफूले नचाहँदा नचाहँदै पनि
संविधान त साँच्चै आउने भो
तर थाह छैन यो आएपछि
कले के के पाउने हो ।

कसैलाई जातीय राज्य भन्दै
फुलाउनसम्म फुलायौ
कसैले स्वायत्त राज्य भन्दै
भुलाउनसम्म भुलायौ
अझै लम्ब्याउन खोजे पनि
विभिन्न राष्ट्रहरूले बोलेपछि
सञ्चार जगतले पनि हाम्रो पोल खोलेपछि
हामीले नचाहे पनि
संविधान त साँच्चै आउने भो
तर थाह छैन यो आएपछि
कसले के के पाउने हो ।

जनतालाई झुलाउन
कहिले सोह्र बँुदे नाटक गर्यौं
कहिले सात बुँदे नाटक गर्यौं
कहिले चार बुँदेको नाटक गर्यौं त
कहिले बाह्र बुँदेको नाटक गर्यौं
अनेक दाउपेच गर्दै समय तन्कायौँ
मिलीजुली अनेक पद रन्कायौँ
अब त
दवाबै थेग्न नसक्ने भएपछि
साँच्चै संविधान त आउने भो
तर थाह छैन यो आएपछि
कल्ले के के पाउने हो ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x