साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन त फलामकै भए असल हुन्छ

Nepal Telecom ad

मन त फलामकै भए असल हुन्छ
न घात–प्रतिघातमा रुन्छ
न सयपत्री र बाबरीले बाटो थुन्छ
मन त फलामकै भए असल हुन्छ ।

कसैले चिमोट्यो
एक कप्टेरा त्यतै टाँसियो
कसैले एउटा मुस्कान फ्याँक्यो
उसैको पछ्यौरीमा गाँसियो
जहिले पनि जलेकै छ
जता पनि ढलेकै छ
मनको बह कसैसित नकह
कसले बुझ्छ ? कसले सुन्छ ?
मन त फलामकै भए असल हुन्छ ।

वसन्तमा वन फुल्यो, मन उतै झुल्यो
बैंसले जाउँ है भन्न लाग्यो पिर झनै ठूलो
आकाश देख्यो–आकाश जस्तै
बतास देख्यो–बतास जस्तै
नौनी जस्तो मेरो मनलाई
जसले पायो उसले छुन्छ
त्यसैले पनि
मन त फलामकै भए असल हुन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x