साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहर बग्दैछ मान्छे

Nepal Telecom ad

हतारमा छ
हतासमा छ
तर भुइँमा छैन
बतासमा छ
गाउँबाट
टाकुराबाट
सहरमा बग्दैछ मान्छे
रहरमा बग्दैछ मान्छे ।

फाटेको लुगामा टालो सिउँदै
सपना बेचेर आँसु पिउँदै
घिटिक घिटिक गरेर
बगर जिउँदै
सहरमा बग्दैछ मान्छे
जहरमा बग्दैछ मान्छे ।

मयनको खोजीमा
चयनको खोजीमा
तराईबाट
पहाडबाट
हिमालबाट
सहरमा बग्दैछ मान्छे
कहरमा बग्दैछ मान्छे ।

यसो गरेर हुन्छ कि
उसो गरेर हुन्छ
मेहनत गरेर हुन्छ कि
छक्का पन्जा गरेर हुन्छ
कसो गरेर हुन्छ
खुला आकाश खोज्दै
सहरमा बग्दैछ मान्छे
डहरमा बग्दैछ मान्छे ।

शान्तिको खोजीमा
कान्तिको खोजीमा
देहातबाट
दुर्गमबाट
दुरदराजबाट
सहरमा बग्दैछ मान्छे
नहरमा बग्दैछ मान्छे ।

कामको खोजीमा
दामको खोजीमा
नामको खोजीमा
धामको खोजीमा
सहरमा बग्दैछ मान्छे
नहरमा बग्दैछ मान्छे
जहरमा बग्दैछ मान्छे ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x