लावण्य सापकोटापाँडे पुरस्कार पड्काको रहेछु
हिजोसम्म मैले
ढाँट कविता मात्र लेखेको रहेछु
भ्याएसम्म मैले
भाट कविता पनि लेखेको रहेछु
ढाँट र भाट कविता भट्याएर
ठाँटसँग कवि भैखाएको रहेछु ।
हिजोसम्म मैले
ट्वाँट कविता मात्र लेखेको रहेछु
सकेसम्म मैले
स्वाँठ कविता पनि लेखेको रहेछु
ट्वाँट र स्वाँठ कविता पाठ गरेर
थुप्रै पुरस्कार च्वाँट पारेको रहेछु ।
हिजोसम्म मैले
कसैले बुझ्दै नबुझ्ने
हाडे कविता मात्र लेखेको रहेछु
सकेसम्म मैले कसैले सुन्दै नसुन्ने
साँढे कविता पनि लेखेको रहेछु
हाडे र साँढे कविता सुनाएर
प्रशस्तै पाँडे पुरस्कार पड्काको रहेछु ।
विराटनगर— १५
Subscribe
Login
0 Comments
Oldest







































