साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता टमटममा ठमठम

Nepal Telecom ad

एक वरिष्ठ वामपन्थी नेता खै किन हो कलैयाबाट बीरगंजतिर मूल सडक समाएर भाग्दै थिए । उनको पछि पछि अन्य कामरेडहरू पनि ‘कामरेड !’ ‘कामरेड !!’ भन्दै उनलाई रोक्ने प्रयासमा दगुर्दै थिए । रोक्नेहरू क्यै नलागेपछि फर्किएर गए ।

दगुर्दा दगुर्दा थकित भएर वरिष्ठ नेता परसोनीमा रोकिए । उनले कता हो सुनेका थिए– परसौनीमा स्वादिष्ट पेडा पाइन्छ रे ! उनी पेडा खोज्न थाले, एक जना स्थानीय पार्टी कार्यकर्ताले उनलाई फेला पारे ।
कार्यकर्ताले सोधे, तपाईँ किन यसरी भागेको ?
ती वरिष्ठ नेताले गरिष्ठ पेडालाई उदरस्थ पारिसकेपछि भने, मलाई ‘जिफ्फोविया’ भएको छ । जीप देख्यो कि डर लाग्छ । जीमले नै कामरेडहरू मदन भण्डारी र जीवराज आश्रितलाई खायो । हालै अर्का कामरेड धामीको पनि जीपमै चढेर इहलीला समाप्त भयो । म पनि कुनै चानचुने नेता हैन । के ठेकान जीपमा चढेपछि मेरो पनि त्यै हविगत हुने हो कि ! त्यसैले म त ज्यान गए जीपमा चढ्दिन ।

जीपमा नचढे बसमा गए त भैहाल्थ्यो नि ! शुभचिन्तकले आफ्नो आत्मीयता पोखे ।
वरिष्ठ कामरेडले भने, के गर्नु र ! आज त नेपालका नौवटा वामघटकहरूको आह्वानमा नेपाल नै बन्द छ । बस कहाँबाट चल्नु ! बस बन्द भएरै त कामरेडहरूले कुनै करोडपति कामरेडको जीपमा हालेर मलाई वीरगञ्ज पु¥याउने सुरसार गर्दै थिए । त्यसैले म भागेको ।

त्यसो भए म टमटमको व्यवस्था गर्छु भन्दै स्थानीय कार्यकर्ता एकैछिन अदृश्य भए । एकछिनपछि वरिष्ठ नेता टमटममा ठमठम वीरगंज हानिएको दृश्य दर्शनीय थियो ।
धानकोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
0
Would love your thoughts, please comment.x
()
x