साधुराम खड्कानेपालबन्द सफल पारौँ
बन्दले सधैं देश चल्ने भए
आऊ हामी बन्दको उद्घोस गरौँ
बन्दले संसार फन्को मार्ने भए
आँखा चिम्लेर दुनियाँ भ्रमण गरौँ
देशका लागि कसले के गरे नसोचौँ
गल्ली गल्लीमा मर्नेलाई नि सहिद घोषणा गरौँ
काम हामी उन्नतिको केहि नगरौँ
सिर्फ बन्दै बन्द गरौँ
सिजन आज बन्दकै छ
सिजनल खेल हामी बन्द गरौँ
हामी नेपालबन्दलाई बन्द हैन
बरू नेपाललाई नै सधैं बन्द गरौँ
न रहन्छ नेपाल न रहन्छन् जनता
बालौँ मसाल, घसौँ खरानी
हामी हामीमै मारामार गरौँ
आऊ हामी तोर्पे नेताहरूको स्वार्थ पूरा गर्न
भव्य रूपले नेपालबन्द सफल पारौँ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































