साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लिलाम घटाघट

Nepal Telecom ad

आफ्नो परिचय दिँदा उसले बडो सुन्दर ढङ्गमा भन्ने गथ्र्यो– “म नेपाल हुँ ।“
वास्तवमै सुन्दर थियो नेपाल तर यो सुन्दरतालाई कायम राखिरहन सकेको थिएन उसले । जब सेता हिमालयका टोपीलाई उसले ठाडो राख्न खोज्थ्यो, तब तराईतिर धोती खुस्कन्थ्यो, जब धोती सम्हाल्न खोज्थ्यो तब शिरको टोपी झर्न खोज्थ्यो । जताततै लथालिङ्गै लथालिङ्ग, आफ्नो स्वरूपलाई उसले ठीक स्थितिमा राखिरहन सकेको थिएन । हिम्मत नगरेको होइन उसले, बलभद्रको इतिहासलाई खडा गर्छु म, अमरसिंहको स्वाभिमानलाई उठाउँछु म । त्यसैले त्यस्तो अवसरको खोजी गरिरहेको थियो कि म आफ्नै बलबुतोमा आफ्नो नाम स्थापित गर्छु ।

‘टिनीनी टिनीनी टिनीनी’– टेलिफोनको घण्टीले अचानक उसको परिकल्पनालाई खलबल्याउँछ ।
‘हैलो !!’– आफ्नो भासिएको आवाजमा उसले फोन उठाउँछ ।
’के तपाई नेपाल बोल्दै हुनुहुन्छ ?’ – टुटेफुटेको अङ्ग्रेजीमा एउटा प्रश्न ठोकिन्छ उसको कानमा ।
‘हो, म बोल्दैछु ।’ उसले प्रतिप्रश्न गर्छ– ‘तपाई को बोल्नुभएको ?’
‘म एउटा अन्तर्राष्ट्रिय दलाल सङ्गठन !’
’मतलब ?’
’मतलब म तपाईजस्ता गरिबहरूका सेनाको लागि स्थापना भएको सङ्गठन ।’
नेपालले जिज्ञासा राख्छ– ‘के सेवा पुर्याउन सक्नुहुन्छ मलाई तपाई ?’
उताबाट आवाज आउँछ– ‘भोलि म एउटा कार्यक्रम गर्न गइरहेको छु । त्यो कार्यक्रम खास गरेर तपाईकै लागि भनेर गर्न लागेको हुँ मैले ।’

कार्यक्रम स्थलमा– कार्यक्रमको शीर्षक दिइएको छ– ’लिलाम घटाघट ।’ जहाँ अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, जापान, चीनजस्ता बिकासे देशहरू भेला भएका छन् । त्यही जमघटमा नेपालको पनि प्रवेश हुन्छ ।

आश्चर्यचकित बन्छ नेपाल जब उसले कार्यक्रमको शीर्षक देख्छ । सोच्छ ऊ, मेरो लागि भनिएको कर्यक्रम तर लिलाम घटाघट ! एकाएक क्रोधित बन्छ ऊ, के यिनीहरूले मलाई लिलामीमा घटाघट गरेर खरिद गर्न लागे कि क्या हो ?

यो क्रोध उसको मुखबाट प्रस्फुटन हुनु अगावै फूलका गुच्छाहरू उसमाथि फ्याँकिएर बडो धुमधामले स्वागत गरिन्छ ( ‘हार्दिक स्वागत छ तपाईलाई !’
‘तर यो के ?’ कार्यक्रमको शीर्षकप्रति इङ्गित गर्दै जिज्ञासा राख्छ नेपाल ।
‘यहि त हो आजको कार्यक्रम( लिलाम घटाघट !’ भीडबाट आवाज आउँछ ।
सोध्छ ऊ– ‘तर कसको, केको लिलाम ?’
‘तपाईको !’
‘मेरो ! मेरो लिलाम ?’ क्रोधको सीमा नाघ्छ नेपालको ।

नेपालको क्रोध शान्त पार्न खोज्दै भीडबाटै कसैले भन्छ( ’तपाई साह्रै गरिब हुंदै जानुभयो । त्यसैले यो प्रतिस्पर्धात्मक लिलाम घटाघटको कार्यक्रम राखिएको हो हामीबीच ।’
‘मतलव ?’
‘मतलव, थोरैभन्दा थोरै समयमा तपाईको विकास कसले गर्न सक्छ ? जसले सबैभन्दा कम समयमा तपाईको विकास गर्नसक्ने प्रतिज्ञा गर्छ, त्यसकै निष्कर्ष निकाल्ने लिलामी कार्यक्रम हो यो ।’
नेपाल अलिक जोसमा बोल्छ– ‘तर लिलाम गरिगरिकन मेरो विकास किन गर्नुपर्यो ?’
‘त्यसको आवश्यकता छ ।’
‘कस्तो आवश्यकता ?’

भीडबाटै कोही बोल्छ( ’हामीजस्तो कोही अत्यन्तै विकसित तर कोही चाहिँ अविकसित हुनु यो एक्काइसौं शताब्दीमा सुहाउँदिलो कुरो होइन । तसर्थ यो लिलामी प्रक्रियाबाट तपाईलाई हामी चाँडोभन्दा चांडो समुन्नत बनाउन चाहान्छौं ।’

‘तर’ नेपालले प्रतिवाद गर्न खोज्दाखोज्दै अचानक समारोहस्थलमा ठूलो आवाज सुनिन्छ– ‘क्रिपया, ध्यान दिनुहोस् ।’

उपस्थित सबैको ध्यान त्यो आवाज आएतिर केन्द्रित हुन्छ । उदघोषकको रूपमा अन्तर्राष्ट्रिय दलाल सङ्गठनको पुन आवाज आउँछ– ‘अब आजको कार्यक्रम सुरू हुन्छ । सबैलाई थाहै छ, आजको यो लिलाम घटाघटको कार्यक्रममा जसले नेपाललाई विकसित बनाउनका लागि सबैभन्दा थोरै समयको प्रतिज्ञा गर्छ उसैलाई नेपाल जिम्मा लगाइनेछ ।’

‘तर म ।’– नेपलाल फेरि ठूलो आवाजमा जोडपूर्वक प्रतिबात गर्न खोज्छ तर उसको आवाज त्यो भीडमा सुनिँदैन ।
एउटा बोल्छ– ‘ओहो ! कस्तो गरिब विचरा !’
‘हेर, खानै नपाएको जस्तो !’–अर्को चुकचुकाउँछ ।
सबैको सहानुभूतिबीच नेपाल हीनताबोधले ग्रस्त बन्छ, एक शब्द पनि निस्किदैन उसको मुखबाट ।
‘मलाई धेरै समय चाहिँदैन, दस बर्षभित्रमा म नेपाललाई आफूजस्तै विकसित बनाइदिन्छु ।’ बेलायतले घोषणा गर्छ ।

यो घोषणासँगसँगै लिलाम घटाघटको प्रक्रिया सुरू हुन्छ–
‘दस वर्ष एक !
दस वर्ष दुई !!
दस वर्ष… ’

उद्घोषकले ‘तीन’ भन्नुअगावै फ्रान्स बोल्छ– ‘म नौ वर्षमा आफूसरहको बनाइदिन्छु नेपाललाई ।’
‘म आठ वर्षमा ।’ चीनले वाक्य पूरा गर्न पाउँदैन, जर्मनी बोलिहाल्छ– ‘मलाई सात वर्ष भए पुग्छ ।’
उद्घोषक फेरि चिच्याउँछ– ‘ल जर्मनीको सात बर्ष । सात वर्ष एक् ।’

‘म छ वर्षमा सक्छु ।’– बीचमै बोल्छ कोरिया । एवं रितले लिलाम घटाघट चलिरहन्छ–
–पाँच बर्ष !
–चार बर्ष !
–तीन बर्ष !

‘मलाई केवल दुई वर्ष भए मनग्ये हुन्छ, दुई वर्षभित्रैमा मैले नेपाललाई आफैंजस्तो बनाउन सकिन भने ।’ यतिञ्जेल चुप लागेर बसेको सर्वशक्तिमान अमेरिका बोल्छ तर उसको छेउमै बसिरहेको हुन्छ, जापान । के कम ऊ ? अमेरिकालाई आँखा तर्दै ऊ बोल्छ– ‘म सबैभन्दा कम समयमा नेपाललाई विकसित गराइदिन सक्छु, केवल एक बर्षमै म यसलाई आफूजस्तै पूरै कम्प्युटरयुक्त आधुनिक नेपाल बनाइदिन्छु ।’

‘एक बर्ष एक !
‘एक बर्ष दुई !
‘एक बर्ष तीन !!!

उद्घोषकले तीन गनिसक्दा पनि कोही नबोलेपछि कार्यक्रम टुङ्गिन्छ । अब सबैका आँखा नेपालमाथि टिक्छन् तर यता सबै देशका सामु आफ्नो ठूलो अपमान भएको महसुस गरिरहेको हुन्छ नेपाल ।

अन्तत अन्तर्राष्ट्रिय दलाल सङ्गठन बोल्छ– ‘लौ अब यो लिलाम घटाघटको कार्यक्रम समाप्त भयो । नेपालज्यू तपाई आगामी एक वर्षमै अरू विकसित देशको हाराहारीमा पुग्नुहुने भो । बधाई छ तपाईलाई, बधाई !!’
’बधाई !!’
बधाईको आवाजले निकैबेर कार्यक्रममा रौनक थपिन्छ ।
‘पख्नोस् !!’
नेपालको मुखबाट अनायास एउटा डरलाग्दो आवाज निस्किन्छ । एकसाथ कार्यक्रममा चकमन्नता छाउँछ ।
‘किन के भयो ? के भयो नेपालाई ?’– चकित वन्छन् सबै ।
एकएकलाई हेर्दै नेपालले भन्छ– ‘तपाईहरूबाट मेरो विकास गर्नका लागि यो जुन लिलामी घटाघटको कार्यक्रम राखेर मलाई आफूजस्तै समुन्नत बनाउने घोषणा त गरियो तर यति समय मेरो लागि धेरै बढी भयो ।’
’बढि भयो रे ? एक वर्ष पनि बढी भयो ?’– अन्तर्राष्ट्रिय दलाल सङ्गठन प्रश्न गर्छ ।’

’हो, बढी भयो ।’ नेपाल मुस्कुराउँदै बोल्छ– ‘मेरो विकास गर्न वास्तवमा तपाईंहरूले यतिका समय खर्च गरिरहनुपर्ने कुनै जरूरत नै छैन । बरू यसको सट्टा मलाई तपाईहरूले केवल दुई महिना मात्रै दिनोस् ! तपाईहरू कुन चाहिँ देश चाहनुहुन्छ अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, जापान, चीन, कोरिया जुनसुकैलाई भन्नोस्, म दुई महिनाभित्रै आफूजस्तै बनाइदिन्छु । दिनुहुन्छ मलाई अवसर ??’
वाक् भएर सम्पूर्ण देशहरू एक आपसमा मुखामुख गर्न लाग्छन् ।
गोरखापत्र

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गिलास

गिलास

विमल भौकाजी
बाह्यक्रिया

बाह्यक्रिया

विमल भौकाजी
0
Would love your thoughts, please comment.x
()
x