साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोरा ! डाक्टर बन्छौ र !

Nepal Telecom ad

छोरा ! के पढ्न चाहन्छौ भन तिम्रो भविष्य के
कस्तो विषयमा पढ्ने इच्छा तिम्रो हुँदै छ के ।
भनौला महँगो पढ्छु हुन्छु डाक्टर विज्ञ म
तर, सोच तिमी आफ्नो भोको पेट परिश्रम ! ।।

हेर अग्रजको रूप कस्तो हालत डाक्टर
कोही भोकै बसेका छन् कोही ब्यानर पोस्टर ।
सोच है गहिरो बन्दै के पढ्ने पेट खातिर
पेट खाली बने भोलि भोग्छौ दुर्ग्ति आखिर ।।

नसोच डाक्टरी पढ्दा भोको पेट रहन्न नै
दाम काम सबै राम्रो भविष्य दुःख हुन्न नै ।
तर हेर तपस्वीझैँ भोका डाक्टरको गति
अनेक बार भोकैले बन्न पुग्दै छ के गति ! ।।

त्यस्तो विषय के पढ्छौ जहाँ छैनन् कुनै कुरा
सत्ता भत्ता कुनै छैनन् छैनन् नित्य सुरा पुरा ।
भत्ता बैठकको छैन जलपान सधैँभरि
सत्ताको स्वाद नै छैन के पढ्छौ खै कठैबरि ! ।।

उपवास सधैँ राम्रो हुन्न जीवन सुन्दर
तिमी डाक्टर जो बन्छौ उपवासै बराबर ।
सोचौला एक बाजी नै भोको डाक्टर बस्दछ
हेर अग्रजको बाटो भोकमै याम बित्दछ ।।

छोड त्यो हठ आफैँले हेर भोका पुनः पुनः
तपस्वी नै हुने इच्छा भए के पढ्नु दिन्दिन ।
किन डाक्टर नै भोका बन्छन् कारण बुझ्दिनँ
तर, छोरा तिमीचाहिँ छोड डाक्टरको धुन ।।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x