सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

टेलिभिजनमा नदेखिएका यी हाँस्य कलाकार

Nepal Telecom ad

खोटाङ, माघ ६ – यी हाँस्य कलाकार न कुनै सिरियालमा देखिन्छन् न कुनै फिल्ममा । एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल अनि एमाले नेता केपी ओलीको आवाज ठ्याक्कै निकाल्छन् । त्यसैले त गाउँघरमा हुने मेला महोत्सवमा उनीहरुलाइ हेर्न आउने दर्शकको कमी छैन ।
कुरो हो खोटाङको खाल्ले २ का राजेन्द्र ढुंगाना र बाम्राङ ५ का योगिन राईको हो । यो जोडीले राष्ट्रिय स्तरमा ख्याती कमाएका हाँस्य कलाकारहरुलाई नै बिर्साउँछन् ।
राष्ट्रिय स्तरका व्यवसायिक हाँस्य कलाकार कमै आइपुग्ने खोटाङका मेला महोत्सवहरुमा राजेन्द्र र योगिनकै जोडिले दर्शकलाई मनोरञ्जन दिइरहेका छन् । ‘हाँस्ने र हँसाउने कार्यक्रम गर्न परे आयोजकले हामीलाई बोलाउँछन्’ योगिनले भने ‘छोटो समयमै जिल्लाका १५ भन्दा बढी ठाउँमा कार्यक्रम गरिसकेका छौं ।’
योगिन २० वर्षका भए भने राजेन्द्र १७ वर्षका मात्रै । उनीहरुको भेट भएको वर्षदिन मात्रै भयो । दिक्तेल बहुमुखी क्याम्पसमा कक्षा १२ मा पढ्ने उनीहरुबिच क्याम्पसमा हाँस्य ब्ंग्य कार्यक्रम देखाउँने क्रममा जोडी बनेको हो । उनीहरु अहिले हलेसीको स्थानीय रेडियोबाट हरेक हप्ता हाँस्य ब्यंग्यात्मक कार्यक्रम ‘चुट्की’ चलाउँछन् ।
ढुंगाना र राईको जोडी सदरमुकाम दिक्तेलबाहेक लफ्याङ, नेर्पा, बाक्सिला, बिजयखर्क, खार्पा, कुभिण्डे लगायतका ठाउँमा पुगिसकेका छन् । केही समयअघि दिक्तेल आएका ‘मेरीबास्सै’का कलाकार सुरेन्द्र केसी ‘मुलाको साग’ र ‘झ्याँईकुटीझ्याँई’का दमन रुपाखेतीले प्रस्तुती हेरेर स्याबासी दिएपछि झन् उर्जा मिलेको उनीहरु बताउँछन् । राम्रो ठाउँमा अवसर पाए आफुहरुको कला कसैको भन्दा कम नभएको योगिन बताउँछन् ।
रहरै रहरमा मेरीबास्सै, तितोसत्य, जिरेखुर्सानी, झ्याँईकुटी झ्याँई जस्ता हास्य टेलिसिरियल हेरेर र त्यसको सिको गर्दागर्दै उनीहरु स्टेजमा नै कार्यक्रम देखाउन सक्ने भएका हुन् । ‘पहिलो त रहरै रहरमा हँसाउने कोसिसमा लागियो’ योगिनले भने ‘यससँगै हाँस्य टेलिसिरियल हेरियो, त्यसको पनि सिको गरियो ।’
हाँस्य अभिनय सम्वन्धी तालिम गर्न पाए अझै कला निखारिने उनीहरु बताउँछन् । उनीहरुले खोटाङका शुभचन्द्र राई र कबि राईले निर्माण गर्दै गरेको चलचित्र नतिजामा पनि अभिनयको अवसर पाएका छन् ।
दमन राई/उज्यालो

Fitkauli Publication Books comming soon
Nepal Telecom ad