साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुनसरी बिचरी

Nepal Telecom ad

धनकुटा कुटुँला सरि गर्दछ, धन पठा अझ भन्छ हपार्दछ
जति दिए पनि निल्छ हसुर्दछ, न त डकार्छ न ता गुन तिर्दछ ।

तल छ मोरङ मोरङ झैं रुखो, वचन गर्छ तिखो मनमा दुखो
जलन मात्र पठाउँछ तापको, न डर मान्दछ धर्म र पापको ।

छ मुटुमाझ धरान धरान झैं,चरचरी मन चिर्छ चिरान झैं
बनचरा पनि भागिसके पर, बनचरो अब काम कहाँ छ र ।

रुख सकेपछि पत्थर फोर्दछ,कनिकुथी भुइँमुन्तिर कोर्दछ
सब जमीन उजाड छ नग्न झैं,छ चुचुरो पनि शोकनिमग्न झैं ।

यदि उँभो चढुँ ता फुसरे भयो,अझ चढेपछि साँघुरिंदै गयो
सुँगुरको गुर गुर्गुर फैलियो, बगरमा गर माफिक मैलियो ।

ड्रग कतै छ कतै व्यभिचार छ, सुलभ एडसँगै अतिसार छ
भगवती पनि दाँत उखेलिए, शिव त पिण्ड लिई पर थन्किए ।

इनरुवा दिन रात रुवाउने, झगडिया कति तारिख धाउने
तरहरा तर मार्दछ हाकिम, तर धरा न हरा न भरा किन ।

इँटहरी दिन रात कराउने, टिटिहरी सरि हर्न बजाउने
युवक हात लिएर हिंडे छुरी, मन डराउँछ गर्दछ थर्थरी ।

अरि उतातिर बस्तछ सप्तरी,म वर आउँ कि भन्छ नदी तरी
न चतरातिरबाट तरावट, नहरमा सिकता छ रुकावट ।

छन त उद्यम छन् सब बन्द छन् ,पसल होटल औ लज बन्द छन्
शहरिया भरिया पनि बन्द छन्,सब बजार हिलेतिर सर्दछन् ।

अलिकता सुखका दुखका कुरा, भनुँ भने पनि को सुनिदिन्छ र
छ सँगिनी पनि एक बुढी नदी,उ पनि गै तल चित्त यता नदी ।

जुन थिई पहिले सुन झैं परी, जुन समान सुनै सुन छिर्बिरी
अब अतीत भयो सपना सरि, सुनसरी बिचरी ठहरै परी ।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x