साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो चोक

Nepal Telecom ad

साँघुरो गल्लीमा मेरो चोक छ।
याहाँ के छैन? सबथोक छ।
असङ्ख्य राग छ,
अनन्त भोक छ,
केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ।
साँघुरो गल्लीमा मेरो चोक छ।
याहाँ के छैन? सबथोक छ।
यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता
यी दुवैथरीको निवास छ।
तर यहाँ यी दुवैथरी उदास छन्।
दुवैथरी निराश छन्।
मानिस उदास छन्
किनकि तिनलाई यहाँ
रात–रात–भरि उपियाँले टोक्छ
दिन–दिन–भरि उपियाँले टोक्छ
र देवता उदास छन्
किनकि तिनलाई यहाँ
न कसैले पुज्छ, न कसैले ढोग्छ
त्यसैले यो चोकमा
देवता र मानिसले
एक–अर्कोलाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक छ।
यहाँ के छैन ? सबथोक छ।

(२०१७–साहित्य)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हामी

हामी

भूपी शेरचन
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
हामी

हामी

भूपी शेरचन
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x