लेख निरौलापिलो अझै दुख्छ !
तनमा पिपको भारी पुष्ट गाँठा सबैतिर
अफबाह अझै चल्छ मोटो शरीर आखिर ।
पिलोले बाहिरी मासु हृष्टपुष्ट भरी भरी
पिप बिन्दु रहेसम्म दुख्छ पक्कै मरी मरी ।।
निचोर्नु सजिलो होला सहनु मर्नु बन्दछ
निकै पिला भए देश कोमामा पुग्न सक्दछ ।
व्यापार सन्धिमा नौलो हस्ताक्षर गरी गरी
चिनबाट माल आए पिप झर्छ मरी मरी ।।
हिन्दुवादी रहोस् मित्र वाम नेतृत्व देश होस्
नयाँ मित्र वाममार्गी सहजै छान्न थालियोस् ।
निचोरिँदै दुख्न थाल्छ पिलो देश छुनामुना
राष्ट्रपति बनून् नारी अझ दुख्छ कुना कुना ।।
वार्ताको बाहना जे होस् वार्ताले न्याय खोज्दछ
साँच्चै न्याय दिने वार्ता थालियोस् दुष्ट भाग्दछ ।
परपीडा रोक्नुपर्ने नहोस् वार्ता निकै हद
थाकेरै पिपका गाँठा निचोरिन्छन् दुःखप्रद ।।
अझै दुख्छ पिलो हाम्रो देश गाँठा कुना कुना
पिपको छहरा सुक्ने अझै छैन टुना मुना ।
अप्रेसन रहोस् आफ्नै बुद्धि कर्म र भोकमा
केही छैन दुखे दुख्छ राष्ट्रभक्ति छ लोकमा ।।
काठमााडौं
Subscribe
Login
0 Comments
Oldest







































